Home » » केटा घुमाएको कसैले प्रमाणित गर्छ भने जिन्दगीभर उसको दास बस्न तयार छु...

केटा घुमाएको कसैले प्रमाणित गर्छ भने जिन्दगीभर उसको दास बस्न तयार छु...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

केटा घुमाएको कसैले प्रमाणित गर्छ भने जिन्दगीभर
उसको दास बस्न तयार छु
‘तीजकी रानी’ भनेर चिनिने कोमल वली चर्चित
संचारकर्मी पनि हुन् । गत बैशाखमा गएको भूकम्पको
बेला संचारकर्मीको रुपमा उनको महत्वपूर्ण भुमिका
देखियो । हरेक वर्षको तीजमा धेरैले उनलाई
सम्झिन्छन् । कारण, उनले गाएका गीतले निकै चर्चा र
विवाद दुबै कमाएका छन् । यस वर्षको तीजमा पनि
आधुनिक लयमा वलीले तीजको कोसेली तयार
पारेकी छिन् । उनै चर्चित गायिका काेमल वलीसँग
नेपालीपत्रका लागि रमन पौडेलले गरेको कुराकानी
:
भूकम्पको समाचार पढेर देशभर लोकप्रियता
कमाउनुभयो कस्तो लाग्दैछ ?
भुकम्प आइरहेको थियो । नडराउने मान्छे कोही पनि
थिएन । रेडियो नेपाल लगायत नेपालका सञ्चार
माध्यमहरुको भुमिका पनि त्यसबेला निकै सह्रानीय
रह्यो । जोखिमको त्यस घडीमा मैले आफ्नो
अधिकांश समय रेडियोमा खर्चें । रातभर रेडियोमै
हुनुपथ्र्यो । विहान मात्रै म सानेपास्थित घर आउँथेँ ।
परिवारका सदस्यहरुसँग भेटेपछि फेरि दिउँसो
रिपोर्टिङका लागि फिल्डमा जान्थें ।
रेडियोमा मैले बोलेर नआत्तिनुस भन्दा धेरै स्रोताहरुले
त मलाई साहस थपिदिनुभयो । मेरो आवाज सुनेपछि
भुकम्पको भयबाट थोरै भए पनि मुक्ति मिल्ने
बताउनुहुन्थ्यो । भुकम्पकै क्रममा काठमाडौं
बाहिरका जिल्लाहरुमा राहत बितरणमा पनि गए म
। नुवाकोट, धादिङ, काभ्रे लगायतका जिल्लाहरुमा
गएँ । त्यस क्रममा जे जति गरेँ त्यसले थप जिम्मेवारी
बोध गरायो र साहस पनि थपियो ।
तीज आइसक्यो, गीतको तयारी कस्तो छ ?
भूकम्पको पीडाले यति बिक्षिप्त भएकी, नयाँ गीत
गाउने विषयमा सोच्न पनि सकिन । पछिसम्म गीत
गाउने तयारी नै थिएन । तर, साथीहरुको आग्रहमा
एउटा गीतको तयारी गरेको छु । अघिल्ला भन्दा
भिन्न खालको छ । तीजको गीतलाई आधुनिक लयमा
गाउने प्रयास गरेको छु । पारिवारिक समस्यालाई
अलि सिरियस तरिकाले गाएकी छु । पहिले जस्तो
छमछम नाच्न मिल्ने चाहीँ छैन ।
‘तीजकी रानी’ भनेर चिनिने कोमल वलीलाई नयाँ
पुस्तामा आएका एकसे एक गायक गायिकाले
बिस्थापित गर्ने खतरा कति छ ?
नयाँ पुस्ताका गायक–गायिकाहरुसँग मलाई सधैँ डर
लाग्छ । उनीहरुका गीत हेर्छु । नाच्छु । इन्जोए गर्छु ।
धेरै मिहिनेत गरेर गाएका छन् । राम्रा पनि छन् ।
राम्रो गीतमा सिनियर–जुनीयर भनेर हुँदैन । तै पनि
आम मानिसहरुलाई तीजको बेला कोमल वलीले कस्तो
गीत गाएकी छ भनेर चासो व्यक्त भइरन्छ । यो मैले
बनाएको आफ्नो पहिचान पनि हो ।
तपाई गीत हिट बनाउन भन्दै अनेक फन्डा मच्चाउनुहुन्छ ।
जस्तैः ‘पोइल जान पाम्’ त्यसको उदाहरण पनि हो ।
जो ब्यापक विवादित पनि भयो ।
त्यस्तो होइन । मेरो त्यो गीत त प्रगतिशिल गीत
थियो । क्रान्तिकारी गीत थियो त्यो । हरेक
महिलाहरु आफैँ आफ्नो खुट्टामा उभिएर वा सक्षम भएर
पोइल जानु राम्रो हो नी ।
‘गोजीमा गाँठ भाको’ भनेर गाएको गीतलाई वलीले
पैसावाल केटा खोजी भनेर हल्ला मच्चाइयो । तर, मैले
त्यसो भन्नुको पछाडि युवाहरु आँटिलो हुनुप¥यो ।
उद्यम गरेर पैसा कमाउनुप¥यो भन्न खोजेको हो ।
तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईले
अर्थतन्त्रमा डबल डिजिटको कुरा गरेकै रात मैले त्यो
गीत बनाएको थिएँ । मेरो आशय थियो युवाहरु
आटिलो र पैसावाल हुनुप¥यो भन्ने थियो । तर, गलत
तरिकाले बुझियो ।
त्यस गीतलाई म प्रगतिशिल गीत भन्न चाहन्छु । त्यति
मात्रै हो र, मैले गाएको गीतको प्रति उत्तरमा
अर्को गीत ‘पोइल जान पाम् भन्नेलाई मैले ल्याउन
पाम्’ गाएर अर्का गायक सुमन बुढा अमेरिका गएर
उतैको बासिन्दा भए । सुमनको गीतसँगै सिक्वेल गीत
गाएर अर्का गायक पनि स्थापित भए । खासमा मेरो
गीत त उत्पादनशिल पो भयो । मेरै गीतको कारण
युवा गायकहरु स्थापित हुने अवसर भयो । यसबाहेक,
महिला दिदी बहिनीहरुलाई सक्षम र साहसिलो
बनाउनका लागि मेरो गीत प्रेरणादायी भयो ।
तीजको मुल्य–मान्यता जो थियो, तपाईका
गीतहरुले भंग गरिदिए र नकारात्मकता
भित्र्याउनुभयो होइन ?
नकारात्मक भएको भए किन यस्तो चर्चित हुन्थें र ?
किन यति धेरै रुचाइएको गायक हुन्थेँ र म ? एउटा गीत
गाउनुअघि म १० चोटी सोच्छु । मेरा गीतमा कुनै पनि
चित्र, शब्दहरु अश्लिल छन् भने कसैले मलाई भने हुन्छ ।
चर्चित हुनु एउटा कुरा तर, लोकप्रिय हुनु अर्को कुरा
हो । त्यसो भए तपाई चर्चित कि लोकप्रितय त ?
तपाइका धेरै गीत विवादमा छन ।
त्यस्तो होइन । तीजमा एउटा गीत गाएँ भने मैले
वर्षभरी अर्को गीत नै नगाए पनि मेरो चर्चा उत्तिकै
भइरहन्छ । विदेशमा त्यहाँका महिला दिदी
बहिनीहरु र नेपाली बा–आमाहरुले उत्तिकै मेरा गीत
रुचाउनुहुन्छ । बारम्बार निमन्त्रण गर्नुहुन्छ ।
गायन, पत्रकारिता र उद्घोषणमा स्थापित हुनुहुन्छ ।
फेरी, अभिनयमा पनि लाग्नुभयो । यी विविध
आयामबिच तपाईँको पहिचान के हो ? किन यसरी
चार तिर भौँतारिनुभएको ?
समाजमा मेरो गायन र आवाजको पहिचान
बनिसकेको छ । पसलमा केही सामान किन्न जाँदा
पनि मेरो स्वरले नै मानिसहरु ‘तपाई त कोमल ओली
होइन र ?’ भन्नुहुन्छ । निकै संघर्ष गरेर गायनमा
स्थापित भएँ । सानैदेखि मेरो गायकी राम्रो
थियो । गीत गाउनुमा नै आनन्द मिल्थ्यो ।
पत्रकारितामा पनि धेरै संघर्ष गरेकी छु । म
पत्रकारिता पढेर यो पेशामा आएको पनि थिइन ।
धेरै दुःख गर्नुप¥यो । पत्रकारिता पेसा बनेको छ
अहिले । आखिर आफ्नो पहिचान गायनमै देख्छु म ।
अभिनय त ‘हबी’ मात्रै थियो । स्टेज पर्फमेन्समा
तपाईँ राम्रो गीत गाउने भन्दा पनि कसरी
केटाहरुलाई स्टेजमा उतारेर नचाउने भन्नेमा नै केन्द्रित
हुनुहुन्छ, होइन त ?
(ठूलो हाँसो ) मैले कतिपय सन्दर्भमा
प्रतिनिधिपात्रको रुपमा युवा दाजुभाइहरुलाई
लक्षित गरेर स्टेजमा नचाउँछु । बिचरा उहाँहरु, ‘मलाई
कोमल वलीले मन पराई’ भनेर मक्ख पर्नुहुँदोरहेछ ।
खासमा यसरी स्टेजमा उतारेर नचाउनु पनि एउटा
भाग्यको कुरा हो । त्यसो त, युथहरुलाई ‘ग्रीप’मा
राखिरहनुप¥यो नी ।
कहिलेकाहीँ स्टेजबाटै च्यालेन्ज दिन्छु : ‘म त छु
चिटिक्क परेकी कुमारी, दोहोरीमा मैले जिते तिमी
घरज्वाईँ, तिमीले जिते म तिम्रो बाको बुहारी ।’
‘भुवन केसीले केटी घुमाउँछन, कोमल वलीले केटा
घुमाउँछिन’ भन्ने हल्ला छ । के हो खास कुरा ?
मैले कुन केटालाई कसरी घुमाए होला ! मैले केटा
घुमाएको कसैले देखेर मैले देखें भन्छ भने म जीन्दगीभर
उसको दास भएर बस्न तयार छु । मैले कैले कसलाई
गाडीमा राखेर घुमाएँ ? कुन केटालाई लिएर रेष्टुराँ
गएँ ? कसैले देखाए हुन्छ । म उसको दास हुन राजी छु ।
म त एउटा संयुक्त परिवारमा हुर्केकी र संयुक्त
परिवारमै बसेकी मान्छे । म यो २१ औँ शताब्दिकै
सुसंस्कृत छोरी हुँ ।
बिहेको विषयमा तपाइको सधैँ रेडिमेड एन्सर हुन्छः
‘भनेजस्तो केटा जुरेपछि विहे हुन्छ ।’ सानैदेखिका
संगीहरुका आँगनमा सुन्दर छोराछोरी खेलेको देख्दा
तपाईँलाई ईष्र्या हुँदैन ? जीवनमा केही खड्किए झैँ
लाग्दैन ?
त्यस्तो इष्र्या त कहिल्यै हुँदैन । मेरा साथीका
छोराछोरी पनि ठूलै भइसकेका छन् । म उनीहरुलाई
देखेर खुसी हुन्छु । तर, साथीहरुले विहे गरेर पछुताएको छु
भन्छन् । अनि आफ्नो जीवन हेर्छु । यसमै खुसी लाग्छ ।
‘नो बन्धन, नो टेन्सन’ । कलेज पढ्ने बेलामा साथीहरुको
विहे भइरहेको थियो । त्यसबेला चाँही एक पटक मेरो
पनि विहे भए हुन्थ्यो जस्तो लागेको थियो । केही
केटाहरुसँग कुरा पनि चल्यो । तर, कुरै मिलेन ।
त्यतिबेला बिहे भएको भए मैले अहिलेको यो करिअर
नपाउन पनि सक्थेँ । भान्साभित्रै सिमित रहनुपर्थो
होला ।
अचेल त विहेको प्रस्ताव पनि आउन छोड्यो होला
हगी ?
हाँस्दै...। किन म राम्री छैन र ? झन भुईँचालोमा मेरो
प्रस्तुती पछि त झन धेरै प्रस्ताव आएका छन् । झन् धेरै
केटाहरु लाईनमा छन् अहिले । कोही ‘म ईन्जिनियर
हो’, ‘म डाक्टर हो’, ‘मसँग अमेरिकाको डिभी–
पिआर छ’ भनेर केटाहरुको प्रस्ताव आइरहेको छ ।
अति कम उमेरका युवाहरुले पनि विहेको प्रस्ताव गर्छन्
। तर, बाहिर देखेजस्तो नजिक भएपछि हुँदैन नि ।
उनीहरुसँग दुई चार दिनको आनन्द होला । तर,
जिन्दगी लामो छ । नजिक भएपछि कमजोरीहरु देखिन
थाल्छ । मलाई अहिले पर्दामा देखेजस्तो हुँदैन नि सधैँ ।
त्यतिधेरै प्रस्ताव आउँदा उनीहरुसँग भेटेर उनीहरुलाई
बुझ्ने कोसिस गर्नुहुन्न ?
बुझेको छु नि । पछिल्लो केही महिनायता मात्रै दुई–
चार जनालाई त भेटेरै बुझेँ । तर, समस्या के भने, म
अमेरिका वा अर्को देशमा गएर बस्न नसक्ने । उता बसेर
रमाउन नसक्ने । र वेभलेन्थ नै नमिल्ने भएकाले पनि
अगाडि बढ्न नसकेको ।
त्यसो त, हत्तपत्त मेरो नजिक केटाहरु आउनै डराउँछन् ।
केहीलाई लाग्दोरहेछ, कोमल वलीको ‘ब्वाइ फ्रेन्ड’ छ
होला । कसैले त यस्तो केटीलाई विहे गरेर कसरी
कजाउन सकिएला भन्ने डरले पनि मेरो नजिक केटाहरु
आउन डराउँछन् । यौनको विषयमा तपाईँको के बुझाई
छ ?
यौन एउटा फिलिङ्स हो । यो प्राईभेट कुरा पनि
हो । यसलाई सार्वजानिक बहसको विषय बनाउनुपर्छ
जस्तो लाग्दैन मलाई । यौन निजी कुरा हो र यसलाई
यत्तिमै सिमित राख्नुपर्छ । हरेक ब्यक्तिले आफ्नो
जीवनमा ब्यक्तिगत रुपमा बुझ्ने र अनुभव गर्ने कुरा हो ।
पश्चिमाहरु यौनबारे यति धेरै संकिर्ण छैनन् । उनीहरु
यसबारे निकै खुल्छन् । तर, हामी यसलाई बन्धनमा
राख्ने कोसिस गर्छौँ । यौनप्रतिको संकिण
धारणाकै कारण बलात्कारका घटना बढेको विश्लेषण
पनि हुने गरेको छ होइन र ?
सेक्सबारे वालवालिकाहरुलाई शिक्षा दिनुपर्छ ।
उनीहरुलाई चेतना दिनुपर्छ । तर, फ्रि सेक्स होइन ।
हाम्रा कतिपय यस्तै कुराहरुले त परिवारहरु
टिकाइराखेको छ । जो पश्चिमाहरुसँग अनुभव नै छैन ।
उनीहरुको जीवनमा ‘डीयर, डार्लिङ एन्ड डिभोर्स’
अति सहज कुरा बनिसकेको छ । तर, हाम्रा
सामाजिक र पारिवारिक सम्बन्धहरु यसैको कारण
पनि बलियो बनेको छ ।
ने पालीपत्रका बाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved