भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
देवताको लिंगको पुजा हुने मुख्य मन्दिर कुन हो ? त्यो
कहाँ छ ? यसको उत्तर सायद सबैले दिन्छन् सहज रुपमा ।
किनकी त्यो मन्दिर पशुपतिनाथ हो र त्यहाँ शिव
लिंगको पुजा हुन्छ । देवताको लिंगको पुजा हुने
मन्दिरको नाम त बताउनुभयो । के तपाइँ देवीको
योनीको पुजा हुने मन्दिरको नाम बताउन सक्नुहुन्छ ?
सायद थाहा छैन होला । यस्तो मन्दिर भारतमा छ ।
भारतको असम राज्यस्थित कामाख्या मन्दिर यस्तो
मन्दिर हो जहाँ देवीको योनीको पुजा हुन्छ ।
धर्मशास्त्र अनुसार यो मन्दिरमा सतिदेवीको योनी
पतन भएकाले त्यहाँको शक्तिपिठमा योनीपुजा
गरिने भएको हो । उक्त मन्दिरमा शक्तिको पुजा
योनीरुपमा हुन्छ । त्यहाँ कुनै देवीको मर्ूर्ति छैन ।
योनीको आकारको शिला छ जसको माथिबाट
रातो रंगको गेरुको घोलको धारा बगाइन्छ ।
निलाचल पहाडमा अवस्थित यो मन्दिरमा हरेक
वर्षअंबुवासी मेला हुन्छ । उक्त मेलाका क्रममा लाखौँ
भक्तजन मन्दिरमा आउँछन् । त्यस मेला अवधिभर
कामाख्या माता रजस्वला हुने जनश्रुती छ । उक्त
मन्दिर क्षेत्रमा जमिनमा एक योनीको आकृतिको
दरार छ, जहाँबाट निरन्तर रुपमा पानीको मूल
निस्किरहेको छ । श्रद्धालुहरुले त्यस जलमा पुजा गर्छन्
। त्यस स्थानमा एक योनी आकृतिलाई रातो कपडाले
छोपिएको छ ।
0 comments:
Post a Comment