भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२२ साउन, बारा । गढीमाई मन्दिरका मूल पुजारी
मंगल चौधरीले आफूहरूले बलि रोक्ने घोषणा नगरेको
जानकारी दिएका छन् । आफूहरूलाई झुक्याएर त्यस्तो
कार्यक्रममा नयाँ दिल्ली पुर्याइएको जिकिरसमेत
चौधरीले गरे।
आफूलाई पटकपटक दबाब दिइए पनि बलि रोक्न नसक्ने
बताएको तर जबर्जस्ती ‘पशुबलि रोक्ने घोषणा गरेको’
विज्ञप्ति जारी गरिएको चौधरीले बिहीबार
बताएको अन्नपूर्ण पोस्टमा खबर छ । बाराको
बरियारपुरमा हरेक चार वर्षमा आयोजना हुने मेलामा
अबदेखि पशुबलि नहुने घोषणा डेढ साताअघि भारतको
राजधानी नयाँदिल्लीमा मूल पूजारी
चौधरीसहितको उपस्थितिमा गरिएको थियो।
गढीमाई मन्दिर व्यवस्थापन समितिका
पदाधिकारी र मन्दिरका मूल पुजारी साउन १२ गते
ह्युमन सोसाइटी इन्टरनेसनलको निमन्त्रणामा
दिल्ली पुगेका थिए। पशु कल्याण सञ्जाल नेपालको
सहयोगमा मन्दिरका पदाधिकारीहरू र मूल पुजारी
दिल्ली पुगेका थिए।
मूल पुजारी चौधरीले त्यहाँको पत्रकार सम्मेलनमा
भएको कुराकानीलाई बंग्याएर विज्ञप्ति जारी
गरिएको बताए। बलि रोक्ने विषयमा आफूहरूले त्यस्तो
केही नबोलेको तर बलि रोक्ने घोषणा गर्न आयोजकले
पत्रकार सम्मेलनमा आफूलाई दबाब दिएको चौधरीले
बताए।
‘बलि रोक्ने घोषणा गर्न पटकपटक दबाब दिइयो तर
हामीले भनेर मात्र बलि रोक्न नसकिने जबाफ
दियौं’, चौधरीले अन्नपूर्णसँग भने, ‘समाचारमा त भन्दै
नभनेको कुरा आएछ। बलि रोकिँदैन र रोक्न हामीलाई
दबाब दिएजस्तो सजिलो पनि छैन।’
चौधरीले आफूहरूलाई दिल्ली बोलाएर सोझै पत्रकार
सम्मेलनमा सहभागी गराई बलि रोक्न दबाब दिएपछि
आश्चर्यमा परेको बताए। बलिका विषयमा बहस
कार्यक्रम होला भन्ने आफूले सोचे पनि पाँचजना
पत्रकार उपस्थित सम्मेलनमा ‘ल बलि रोक्ने घोषणा
गर्नुस्’ भन्दै अगाडि राखिएको चौधरीले आरोप
लगाए।
0 comments:
Post a Comment