भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कहिलकाही चलचित्रमा अभिनय नगर्दा पनि
कलाकारलाई स्पष्टिकरण दिनुपर्ने अवस्था आउँछ ।
चलचित्र ‘होस्टेल’का नायक अनमोल केसीलाई अहिले
यस्तै भएको छ ।
चलचित्र ‘होस्टेल रिटर्न्स’मा नभएपनि उनका फ्यानले
धेरै नै जिज्ञासा राखेपछि उनले स्पष्टिकरण दिएका
छन् । अनमोलले अनलाइनखबरसँग भने-‘धेरै मेरा फ्यान म
‘होस्टेल रिटर्न्स’मा छु भन्ने भ्रममा हुनुहुन्छ ।
उहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु कि म चलचित्रमा
छैन । तर, यो चलचित्रका लागि मेरो शुभकामना धेरै छ
।’
उनले आफ्नो नयाँ प्रोजेक्ट चलचित्र ‘ड्रिम्स’ मात्र
भएको स्पष्ट पारेका छन् । चलचित्र ‘होस्टेल
रिटन्र्स’का नायक सुशिल श्रेष्ठ झट्ट हेर्दा आफू जस्तै
देखिनुले पनि फ्यानहरुमा आफू रहेको पर्न गएको
अनमोलको भनाई छ ।
उनले केही समय अगाडि सार्वजनिक भएको ‘होस्टेल
रिटर्न्स’लाई अनमोलको साथ भन्ने समाचारका
बारेमा पनि अनलाइनखबरलाई स्पष्टिकरण दिएका छन्
। उनले चलचित्रलाई आफूले साथ दिन भन्दा पनि
निर्माता सुनिल रावलले चलचित्र ‘सायद २’का
लागि कुरा गर्न बोलाएकाले गएको बताए ।
अनमोलले दोहोर्याए-‘म ‘होस्टेल रिटर्न्स’मा छैन,
यसैले नझुक्किन दर्शक र मेरा फ्यानलाई आग्रह गर्छु ।’
0 comments:
Post a Comment