भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १३ भदौ । थारु कल्याण्कारी सभापका
पूर्व अध्यक्ष राजकुमार लेखीले एकीकृत माओवादीका
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री
सुशील कोइराला लगायत प्रमुख राजनीतिक दलका
शीर्ष नेतालाई भौतिक कारवाही गर्ने चेतावनी
दिएका छन् ।
उनले प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी
ओली, एमाओवादीका अध्यक्ष प्रचण्ड, एमाओवादी
नेता बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री शेरबहादुर
देउवा र एमाले उपाध्यक्ष भीम रावलको नामै किटेर
भौतिक कारवाही गर्ने चेतावनी दिएका हुन् ।
शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा
लेखीले अधिकार प्राप्तीको थारुहरको आन्दोलन
दबाउन प्रधानमन्त्री कोइाराला लगायतका शीर्ष
नेता लागि परेको आरोप लगाउँदै तराई र थरुहटका
गाउँमा आए उनीहरुलाई भौतिक कारवाही गर्ने
चेतावनी दिए ।
लेखीले प्रधानमन्त्री कोइराला र प्रचण्डलाई
कारवाही गर्ने चेतावनी दिइरहँदा कांग्रेस सुनसरी
क्षेत्र नम्बर १ का सचिव सुजेन्द्र तामाङ र
एमाओवादीका नेता सन्तोष थारु हाँसिरहेका थिए
।
उनले सरकारलाई धनीराम चौधरीलाई जागिरबाट
वर्खास्त गर्न र आफूलाई कारवाही गरेर देखाउन पनि
चुनौति दिएका छन् । अन्नपूर्ण पोष्टमा समाचार छ ।

ल सम्हाल्नु आफ्नो टाउको !
ReplyDelete