भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १३ भदौ । सामान्य प्रशासनमन्त्री
लालबाबु पण्डितले सरकारले सुरु गरेको डिभी र पिआर
लिने कर्मचारीविरुद्धको अभियानको विरोध गर्नेहरु
नेपाली हुनै नसक्ने बताउनुभएको छ ।
दिनेशकुमार पोखरेलको ‘सुशासनका लागि विद्युतीय
अवधारणा’ पुस्तकको आज विमोचन गर्दै मन्त्री
पण्डितले आफूले अघि सारेको योजना सफल भए
आगामी १० वर्षपछि कोही पनि नेपाली
रोजगारीको लागि विदेशिन नपर्ने बताउनुभयो ।
मन्त्री पण्डितले आफू कर्मचारीको सरुवा, बढुवा र
कामलाई स्पष्ट देखाउने सफ्टवेयर निर्माणमा लागेको
जानकारी दिँदै त्यो लागू भएपछि सरुवा बढुवाका
लागि नियमविपरीत कसैको दबाबमा पनि काम नहुने
र विकासको लागि ‘ईगभर्नेन्स’ अतिआवश्यक
भइसकेकाले पोखरेलको पुस्तक यो क्षेत्रका लागि
उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । रासस

0 comments:
Post a Comment