भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भाद्र १२,
तीन वर्ष अगाडि कतार आएका लुम्ले–२ कास्कीका
भवानीशङ्कर चापागार्इं यतिखेर नेपाल फर्किन
नपाएर पीडाका दिन झेल्दै छन् ।
हाइ इन्जिनियरिङ कन्ट्रक्सन कम्पनीमा कार्यरत
चापागाईं आफ्नी आमाको निधन भएको अवस्थामा
समेत कम्पनीले घर नपठाउँदा उनी समस्यामा परेका हन्
। यतिखेर उनका पितासमेत पश्चिमाञ्चल क्षेत्रीय
अस्पताल पोखरामा नाजुक अवस्थामा उपचारार्थ
छन् ।
पीडित चापागाईँले भन्नुभयो, “घरको तनाब एकतिर
हुँदाहुँदै पनि अहिले कम्पनीले न त तलबै दिन्छ, न त घर
जान बिदा नै दिन्छ, काम गरेको राम्रोसँग तलब
नदिएको छ महिना भइसकेको छ भने दुई महिनादेखि न
काम न दाम खाली हात बस्नुपरेको छ ।”
घर जान पटक पटक प्रयास गर्दा समेत उनी कार्यरत
कम्पनीले बेवास्ता गरिदिँदा उनी दूतावासमा
आफ्नो समस्या लिएर गएका थिए । दूतावासले श्रम
अदालतलाई पत्र लेखिदिएको थियो तर अदालतले
कम्पनीको मालिकलाई बोलाउँदा उनी नगएपछि
उनको काम कहीँ कतै टुङ्गोमा पुग्न सकेको छैन ।
“कम्पनीका मालिक पाकिस्तानी हुन्, तिमीलाई
नेपाल पठाउँदिन, जे गर्न सक्छौ गर” भन्दै मलाई
धम्काउने गर्छन्” पीडितले भने ।
0 comments:
Post a Comment