भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भाद्र १२,
समाजमा हिंसा र व्यभिचार बढेका छन्। परिवार
विखण्डित छ। मानिसका यौन चाहना परिपूर्तिका
लागि विज्ञान सहयोगी भएको छ। नेपाली
बजारमा पनि कृत्रिम सेक्स टोयहरू उपलब्ध हुन थालेका
छन्। यिनका प्रयोगकर्ताको संख्या पनि बढ्दो छ।
यौन तथा प्रजनन्विज्ञहरूका अनुसार यस्ता खेलौना
यौनजन्य अपराध कम गर्न उपयोगी छन्। राजन नेपाल,
सुफल काफ्ले र गोपाल दाहालको खोजीनिती
विवरण : राजधानीको एक वित्तीय संस्थामा काम
गर्ने २८ वर्षीय एक अविवाहित युवा नियमित रूपमा
सेक्स टोय अर्थात् यौन खेलौनासँग सहवास गर्छन्।
उनकी प्रेमिका पनि छिन्। उनीसँग पनि सेक्स गरेका
उनलाई खेलौनासँगको सम्पर्क पनि आनन्ददायी
लाग्छ।
गर्लफ्रेन्डसँग यौन सम्पर्क गर्न संभव नहुने बेला सेक्स
टोयको सहारा लिन्छन् उनी। सोमवार अपराह्न
सेक्स टोयसँग यौन सम्पर्कको अनुभव सुनाउन
न्युरोडस्थित नाइस एन्ड नट्टी स्टोरमा आएका ती
युवक धाराप्रवाह बोलिरहेका थिए। ‘हस्तमैथुन
गर्नुभन्दा सेक्स टोयसँग सेक्स गर्नु धेरै आनन्ददायक हुन्छ,’
उनी भन्दै थिए, ‘रियल सेक्स गरेको जस्तो नभए पनि
मजा भरपूर हुन्छ।’ अढाई महिनाअघि नाइस एन्ड
नट्टीबाट पाँच हजार पाँच सय रुपैयाँ पर्ने
सिलिकनको फुल फिमेल बडीको टोय लगेका थिए
उनले। अब उनलाई आवाज निकाल्ने र भाइब्रेसन भएको
टोयसँग सम्पर्क गर्न मन लागेको छ। ‘यौन चाहना
मेटाउन असुरक्षित बाटो हिँड्नुभन्दा यस्ता टोयसँग
सम्पर्क गर्नु निकै सुरक्षित हुन्छ,’ उनी भन्छन्। बेला-
बेलामा गर्लफ्रेन्डसँग सेक्स च्याटमा रमाउने उनले
टोयसँग सम्पर्क गर्ने गरेको उनको गर्लफ्रेन्डलाई पनि
थाहा छ।
काठमाडौँको जडिबुटीमा सपरिवार बस्दै आएका ती
युवाले टोयलाई आफू सुत्ने कोठामा लुकाएर राखेका
छन्। ‘घरपरिवारमा देखाउँदा असहज मान्लान् भनेर
गोप्य राखेको छु,’ उनी भन्छन्। होटल म्यानेजमेन्टमा
स्नातक गरेका अर्का २७ वर्षीय युवा आफ्नो साथीले
सेक्स टोयको बारेमा बताएपछि नाइस एन्ड नट्टी
आइपुगेका थिए। उनी पनि अफेयरमा छन्। केटी
साथीसँग पटक-पटक यौन सम्पर्क गरिसकेका उनले पनि
भाइब्रेट गर्ने सानो यन्त्र लगेका छन्। आफ्नो
पार्टनरलाई यौन उत्तेजनामा ल्याउन प्रयोग गरिने
यस्ता मेसिन केटाहरूले केटीको संवेदनशील अंग र
केटीहरूले केटाको संवेदशील अंगमा लगाइदिँदा यौन
उत्तेजना छिटो आउँछ। ‘भाइब्रेसन लगेर पार्टनरलाई
तताएपछि गरेको यौन सम्पर्कको आनन्द अथाह हुन्छ,’
उनले अनुभव सुनाए। उनले भाइब्रेसन मेसिनको साथै डलसँग
पनि यौन सम्पर्क गरिसकेका छन्। यौन चाहना मेटाउन
सेक्स टोय निकै उपयोगी ठानेका छन् उनले।
विवाहित साथीसँग पहिलो पटक सेक्स टोयको
बारेमा बुझ्न आएकी रीता (नाम परिवर्तन) लाई
शुरुमा निकै लाज लागेको थियो, घरका मानिस
तथा आफन्तले थाहा पाए भने के गर्ने होला भनेर।
उनको उमेर पनि २८ वर्षको हाराहारीमा छ। उनी र
उनको साथीले भाइब्रेट हुने लिंग प्रयोग गर्छन्।
यौन चाहना भएपछि ब्याट्रीबाट भाइब्रेट हुने यस्ता
लिंगको सहायताले चाहना मेटाउन सकिने उनको
अनुभव छ। शुक्रवार संवाददाता जयन सुब्बासँग उनले
फोनबाट आफ्नो अनुभव सुनाएकी थिइन्। भर्खरै मात्र
कृत्रिम लिंग खरिद गरेकी उनले दुई पटक सो लिंगसँग
सहवास गरेको खुलाइन्। उनको विवाहित साथीले
श्रीमान् बाहिर गएका बेला हरेक दिनजसो भाइब्रेट
लिंगको सहायताले आफ्नो यौन चाहना मेटाउने
गरेकी छिन्। यस्ता सेक्स टोय अविवाहित तथा
विवाहित दुवैलाई उत्तिकै काम लाग्ने उनको भनाइ
छ। श्रीमान् नभएका एकल महिला, श्रीमान विदेशमा
भएका तथा श्रीमान्ले यौन सन्तुष्टि दिन नसक्ने
महिलाले सेक्स टोय प्रयोग गर्दा राम्रो हुने उनको
सुझाव छ। अन्दाजी ५० वर्षका देखिने एक पुरुष
सोमवार नाइस एन्ड नट्टी स्टोरमा विभिन्न साइज र
प्रकारका लिंग ओल्टाइपल्टाइ गरिरहेका थिए। पुरुष
भएर पनि पुरुष अंग किन हेर्दै छन् भन्ने जिज्ञासा उठ्नु
स्वाभाविकै हो। पछि बुझ्दा थाहा भयो, उनी
श्रीमतीका लागि लिंग किन्न आएका रहेछन्।
आफू धेरैजसो समय बाहिर हुने भएकाले श्रीमतीका
लागि लिंग किन्न आएको उनले बताए। ‘श्रीमतीको
लागि त लिंग, तपाईं चाहिँ के गर्नुहुन्छ नि?’ भन्ने
हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘ म पनि डल
ट्राई गर्ने सुरमा छु।’ नेपालमा सेक्स टोय उपलब्ध हुन
थालेको धेरै भएको छैन। कन्डमको कुरा गर्दा त लाज
मानेर मुख छोप्ने नेपाली समाजमा आफू जत्रै अग्ली डल
घरमा राखेर सेक्स आनन्द लिने कुरा कल्पनाबाहिरको
थियो। तर, अहिले परिस्थिति बदलिएको छ।
काठमाडौँ, धरान, पोखराजस्ता शहरमा सेक्स
टोयका स्टोर खुल्न थालेका छन्। सुन्धारास्थित
कन्डम हाउसले दिनमा औसत तीन वटासम्म सेक्स डल
बिक्री गर्ने गरेको छ भने भर्खरै खुलेको नाइस एन्ड
नट्टीले पनि दैनिक पाँचदेखि सात वटासम्म सेक्स टोय
बिक्री गर्दै आएको छ। व्यवसायीका अनुसार उनीहरू
अनलाइन र फोनमार्फत धेरै अर्डर पाउँछन् र
त्यहीअुनसार होम डेलिभरी गर्छन्। विश्व बजारमा
पाइने विभिन्न भेराइटीका कृत्रिम यौनांगहरू
नेपाली बजारमा पनि उपलब्ध छन्। नाइस एन्ड
नट्टीका सञ्चालक प्रविन ढकालका अनुसार उनको
स्टोरमा पुरुषले प्रयोग गर्ने करिब एक सय ५० थरीका
सेक्स टोय उपलब्ध छन्। ‘सिंगल भेजिना’देखि फुल
बडीका डलसम्म उनको स्टोरमा उपलब्ध छन्।
लिंग र भेजिना संयुक्त रूपमा भएको टोय पनि उपलब्ध
छ। टू इन वान् यस्ता टोय श्रीमान्/श्रीमतीले प्रयोग
गर्न सक्छन्। ढकालको स्टोरमा झन्डै एक सय थरीका
लिंग पनि उपलब्ध छन्। ब्याट्रीबाट भाइब्रेट हुनेदेखि
योनीभित्र पसाएर ब्याट्रीको सहायताले रोटेट
गराउन मिल्नेसम्मका लिंग उपलब्ध छन्। विभिन्न
आवाज निकाल्ने सेक्स टोयसँगको यौन सम्पर्कले बेग्लै
आनन्द दिने दाबी ढकालको छ। आफ्नो
सुविधाअनुसार सानो भेजिनादेखि मानिसको
उचाइ बाराबरको यौन खेलौना नेपाली बजारमा
पाइन्छन्। कम्तीमा पाँच हजार पाँच सयदेखि ६० हजार
रुपैयाँसम्मका सेक्स टोय नेपाली मार्केटमा उपलब्ध
छन्। बजारमा उपलब्ध सेक्स टोयमा स्तन, योनीलगायत
नितम्ब भएका पनि छन्। एनल सेक्सको आनन्द लिनेका
लागि नितम्बमात्र भएको डल पनि बजारमा उपलब्ध
छ। डललाई पम्प गरेपछि मुखमैथुनको आनन्द दिनेदेखि
हस्तमैथुन गरेको आनन्द उपलब्ध हुनेसम्मका कृत्रिम साधन
बजारमा किन्न पाइन्छन्। भाइब्रेट हुने कृत्रिम जिब्रो
पनि टोय स्टोरमा पाइन्छ, जसले महिलाको
योनीमा भाइब्रेट गरेर चलाउँदा चरम आनन्द प्राप्त
हुन्छ। महिलाका लागि पाँचदेखि १० इञ्च लम्बाइका
लिंग बजारमा उपलब्ध छन्।
रेगुलर सेक्सबाट दिक्क भएका महिला तथा पार्टनर
नभएका महिलाका लागि यस्ता लिंग यौन आनन्द
लिने भरपर्दा माध्यम हुने कन्डम हाउस तथा
सेक्सोलोजी सेन्टरका सञ्चालक युवराज न्यौपाने
बताउँछन्। ‘हार्नेस अर्थात् पेटीसमेत भएको पुरुÈ लिंग
एक महिलाले बाँधेर अर्को महिलालाई सेक्स गर्न
उपयोगी छ,’ उनी भन्छन्, ‘लेस्बियन अर्थात् महिला-
महिलाबीचको यौन सम्बन्धका लागि यो साधन
उपयोगी छ। त्यतिमात्र होइन, लिंग कमजोर भएका
तथा पूर्णरूपमा लिंग उत्तेजित नहुने पुरुषले श्रीमतीलाई
सन्तुष्टि दिन पनि यसको प्रयोग गर्न सक्छन्।’
हार्नेसमा दुइटा लिंग फिट गरिएको पनि पाइन्छ।
सेक्स टोयका व्यापारी सुरज भट्टराई भन्छन्, ‘एउटा
लिंग आफ्नो योनीमा प्रवेश गराउने र अर्को लिंग
साथीको योनीमा छिराएर पुरुष र महिलाको
बीचमा यौन सम्पर्क भएजस्तै गरी केटी-केटीको
बीचमा पनि यौन सम्पर्क हुन सक्छ।’ स्वास्थ्यमा के
असर पर्छ? यौन खेलौनाको प्रयोगले स्वास्थ्यमा
खासै असर नपर्ने चिकित्सकहरू बताउँछन्। प्रजनन्विज्ञ
डा. खेम कार्कीका अनुसार पार्टनर नभएका महिला
तथा पुरुषका लागि सुरक्षित यौन सम्पर्कका लागि
सेक्स टोय गतिलो विकल्प भएको बताउँछन्।
‘श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाका
लागि यौन चाहना पूरा गर्न सेक्स टोयजस्तो
भरपर्दो विधि अर्को हुन सक्दैन,’ उनी भन्छन्, ‘यसले
परपुरुषसँगको सम्बन्धबाट जोगाउँछ र परिवारमा
विचलन आउन पनि दिँदैन।’गुणस्तरीय मेटेरियलबाट
बनेका सेक्स टोय प्रयोग गर्दा स्वास्थ्यमा कुनै हानि
नपुग्ने डा. कार्की बताउँछन्। उनका अनुसार रबरबाट
बनेका सेक्स टोय प्रयोग गर्दा महिलालाई पाठेघरको
मुखको क्यान्सर हुने डर हुन्छ। तर, सिलिकन र
ल्याटेक्सबाट बनेका टोय प्रयोग गर्दा यसले
स्वास्थ्यमा कुनै असर गर्दैन।यौनजन्य सामाजिक
अपराध कम गर्न सेक्सटोय उपयोगी हुने डा. कार्कीको
भनाइ छ। ‘यौन चाहना पूरा नभएर समाजमा
बढिरहेका यौनजन्य घटनालाई कम गर्न सेक्स टोय
प्रभावकारी हुन्छ,’ डा. कार्कीको दाबी छ। अर्का
चिकित्सक एन्जल मगर सेक्स टोयको प्रयोगमा
सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउँछन्। प्रयोग
गरिसकेको लिंग तथा डललाई उमालेको पानीले
राम्रोसँग सफा गर्नुपर्ने उनी बताउँछन्। सेक्स टोय
सिंगल युज गर्नुपर्ने सुझाव उनको छ।
एउटै डल तथा लिंग एकभन्दा बढीले प्रयोग गर्नुहुँदैन।
‘यस्तो गरेमा यौन रोग तथा संक्रमण फैलिने डर हुन्छ,’
उनी भन्छन्।सेक्स डलसँग यौन सम्पर्क गर्नेहरूलाई यसको
लत नलाग्ने डा. एन्जल बताउँछन्। ‘प्राकृतिक यौन
सम्पर्कको कुनै विकल्प हुन सक्दैन,’ उनी भन्छन्, ‘कोही
अविवाहित पुरुष तथा महिलाले सेक्स टोय प्रयोग
गरिरहे पनि उसले प्राकृतिक सेक्सलाई भुल्न सक्दैन।
महिला र पुरुषको बीचमा हुने सहवासलाई सेक्स टोयले
विस्थापित गर्न सक्दैन।’ सेक्स डलसँग सम्पर्क गर्दा पनि
कन्डम प्रयोग गरेमा राम्रो हुने सुझाव डा. एन्जलको
छ। यौन खेलौनाको विश्व बजार विश्व अर्थतन्त्र
ओराले लागे पनि यौन खेलौनाको बजार भने बढ्दो
छ। पछिल्ला केही वर्षमा विश्व बजारमा मोबाइल
फोन सेट धेरै बिक्री हुने उत्पादन हो। अबका केही
वर्षमा यसलाई यौन खेलौनाले जित्ने अनुमान छ।
बेलायती वेबसाइट डेली मेलको हालैको रिपोर्ट
अनुसार विश्वमा अहिले वार्षिक रूपमा सात अरब
अमेरिकी डलर बराबरका यौन खेलौना बिक्री हुने
गरेको अनुमान छ र यो बढेर सन् २०२० सम्ममा ५२ अरव
अमेरिकी डलर हुने अनुमान छ, जुन स्मार्ट फोनकै बराबर
हुने डेली मेलको दाबी छ।तर टाइम्स अफ इन्डियाले भने
सन् २००६ मा नै यौन खेलौनाको विश्व बजार १५ अरब
अमेरिकी डलरको रहेको र यो ३० प्रतिशतले बढिरहेको
समाचार छापेको थियो।
विश्वमा खपत हुनेमध्ये ७० प्रतिशत यौन खेलौना
हाम्रो छिमेकी देश चीनमा बन्छन् भने युरोप र
अमेरिकामा सबैभन्दा बढी यौन खेलौना खपत हुन्छन्।
नेपालमा आयात गरिने सेक्स टोय पनि चाइनिज नै
हुन्।कहाँ कस्तो प्रयोग?युरोपका अधिकांश देशका
साथै, अमेरिकामा यौन खेलौना खुला रूपमा नै किन्न
पाइन्छ। बेलायतका टेलिभिजन च्यानलमा त यौन
खेलौना पाइने बजार र यसलाई प्रयोग गर्ने बारेमा
जानकारी दिन टिभी शो नै सञ्चालन हुने गरेको छ।
फ्रान्समा यौन खेलौना खुला रूपमा नै विक्री
वितरण गर्न पाइन्छ। तर, यस्ता पसल विद्यालयको दुई
सय मिटर आसपासमा खोल्न पाइँदैन। यहाँको कानुनले
भाइब्रेटरलाई अश्लील सामग्रीको रूपमा व्याख्या
गर्छ। एउटा लभ सप नाम गरेको पसललाई अश्लील
क्रियाकलाप गरेको आरोपमा यौन खेलौना विक्री
गर्ने पसललाई जरिवाना नै गरिएको थियो। संयुक्त
राज्य अमेरिकाका धेरैजसो राज्यमा यौन खेलौना
खुला रूपमा नै विक्री गरिन्छ। मुख्य बजार क्षेत्र र
सुपरमार्केटमा यसको विक्री हुन्छ। पश्चिमी र मध्य
क्षेत्रका केही राज्यले यौन खेलौनाको विक्री
वितरणमा प्रतिबन्ध लगाएका थिए। तर, पछि
अदालतले यौन खेलौनाको विक्रीमा प्रतिबन्ध
लगाउनु नहुने फैसला गरेको थियो।
राज्य नै पिच्छे यौन खेलौना व्यापारी तथा यसको
विक्रीका लागि आचार संहिता भने फरक फरक छन्।
दक्षिण अफ्रिकाको कानुनले यौन खेलौनाको
उत्पादन तथा विक्री वितरण र प्रयोगलाई रोक
लगाएको छ। दक्षिण एसियाली मुलकहरू भारत,
पाकिस्तान, बंगलादेश, श्रीलंकामा यौन खेलौनाको
खुला कारोबार हुँदैन। मुस्लिम संस्कृतिमा खुला यौन
वर्जित विषय हो। त्यसैले त्यस्तो समुदायको बाहुल्य
भएका देशमा यौन खेलौनाको खुला कारोबार
सोच्न पनि सकिँदैन। तर, यी देशमा पनि लुकीछिपी
यौन खेलौनाको कारोबार हुने गरेको पाइन्छ।
भारतमा अनलाइनमार्फत लुकीछिपी यौन
खेलौनाका विक्री वितरण हुन्छ। यौन खेलौनाको
इतिहास यौन सम्पर्कलाई सहयोग गर्ने वस्तु तथा यौन
आनन्द उपलब्ध गराउने साधनलाई हामी यौन खेलौना
मान्न सक्छौँ। विश्वमा कहिलेदेखि यसको प्रयोग हुन
थाल्यो भन्ने यकिन भन्न गाह्रो छ। चौथो
शताब्दीतिर रोम साम्राज्य विस्तारका क्रममा
लिंग आकारको वस्तु आविष्कार गरिएको थियो।
त्यसपछि बाह्राँै शताब्दीमा चीनमा रिङ आकारको
वस्तु बनाइएको थियो, जसलाई पुरुषहरूले यौन उत्तेजना
बढाउन प्रयोग गर्थे। पुरुषले आफ्नो लिंगलाई ठूलो
बनाउन पशुका आन्द्रा प्रयोग गर्ने गरेको पनि पाइन्छ।
यौन सुखका साथै गर्भ नरहोस् भन्ने दुवै उद्देश्यले पशुका
आन्द्रालाई प्रयोग गरिन्थ्यो।चौधौं शताब्दीमा
इटालीमा काठ र छालाबाट यौन खेलौना बनाउन
थालियो। पन्ध्रौँ शताब्दीमा चीन तथा
जापानमा जन्म नियन्त्रणका लागि जनावरका
आन्द्रा, सिङ, कछुवाका खोलहरू प्रयोग गर्ने गरेको
पाइन्छ। मानिसले पशुको आन्द्रा प्रयोग गर्न थालेकै
कारण कन्डमको विकास भएको हो र पहिला-
पहिला कन्डम पनि जनावरको आन्द्रा तथा
छालाबाट नै बन्थ्यो। त्यस्तै, अठारौँ शताब्दीमा
यौन सम्पर्क गर्दा प्रयोग गरिने लुब्रिकेन्ट अर्थात
तेलहरू उत्पादन गर्न थालियो। अहिले आएर विश्व
बजारमा पुरुषका लागि महिला र महिलाका लागि
पुरुष सेक्स डल नै किन्न पाइन्छ। यौन खेलौनाविरुद्ध
उजुरीसन् २०११ को अक्टुबरमा अमेरिकाको
क्यालिफोर्नियाकी एक युवतीले सेक्स टोयको
कारण आफ्नो स्वास्थ्य र भावनामा असर पुगेको भन्दै
कम्पनीविरुद्ध अदालतमा मुद्दा हालेकी थिइन्।
अप्रिल बोन्जुरले पाइप ड्रिम प्रोडक्टले उत्पादन गरेको
थर्किने खालको कृत्रिम लिंग (भाइब्रेटर) प्रयोग गर्ने
क्रममा आफूलाई रक्तस्राव भएको बताएकी थिइन्।
आफ्नो प्रेमीले भाइब्रेटर प्रयोग गर्दा आफूलाई पीडा
भएको र प्रेमीले भाइब्रेटर बाहिर निकाल्दा त्यसमा
रगत देखिएको ती महिलाको दाबी थियो। तर,
भाइब्रेटर उत्पादक कम्पनीले भने महिलाले गलत
तरिकाले प्रयोग गरेको भन्दै त्यसमा क्षतिपूर्ति दिन
नसक्ने बताएको थियो। -शुक्रवार साप्ताहिक बाट ।
0 comments:
Post a Comment