भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
(एजेन्सी) अर्काकी प्रेमिका ताक्ने बानी छ भने आजै
त्याग्नुहोस् । सामान्य मानिसको कुरै छाडौँ
विश्वविख्यात सेलिब्रेटी समेत अर्काकी प्रेमिका
ताक्दा मर्कामा पर्ने गरेका छन् । अहिले
क्रिस्ट्रियानो रोनाल्डो अस्टे«लियाकी एक
महिलालाई जिस्क्याउँदा लज्जित हुनुपरेको छ ।
बेलायती पत्रिका मिररले जनाएअनुसार मेलवर्नकी
एलिन लिमालाई रोनाल्डोले जिम गर्दै गर्दाको
तस्विर पठाउन आग्रह गरेका थिए । उनले त्यसअघि नै
आफ्नो प्रेमी रहेको बताएकी थिइन् । लिमाका
ब्वाईफ्रेन्ड एलेक्स रोनाल्डो र रियाल म्याड्रिडका
ठूला फ्यान हुन् । त्यसैले उनले रोनाल्डोलाई
इस्टाग्राममा भेटेकी थिइन् । उनी चाहन्थिन्, आफ्नो
प्रेमीको रोनाल्डोसँग भेट्ने रहर पूरा होस् ।
तर पछिल्लो समय रसियन सुपर मोडल इरिना
सायेकसँगको विछोडपछि तड्पिएका रोनाल्डोले
लिमालाई नै निशाना बनाए । उनले लिमालाई
जिस्क्याउन थाले । मिस ल्याटिन अस्टे«लियाकी
रनरअप लिमाले आफ्नो प्रेमी त्यसरी फोटो पठाउँदा
खुसी हुन नसक्ने प्रतिक्रिया दिइन् । तर रोनाल्डोले
कसैलाई थाहा नहुने भन्दै एकान्तमा भेट्न प्रस्ताव राखे
। उनले चुम्बनका लागि समेत प्रस्ताव राख्न भ्याए ।
कुराकानीका क्रममा रोनाल्डोले लिमासँग नम्बर
माग्दै उनलाई गत जुलाईमा सम्पन्न म्यानचेष्टर सिटी
विरुद्ध रियाल म्याड्रिडको खेलको टिकट दिने
प्रस्ताव समेत गरेको रहस्य खुलेको छ ।
लिमाले आफ्नो प्रेमीलाई लिएर टिकट लिन आउने
बताइन् तर रोनाल्डोले एकान्तमा भेट्ने इच्छा
बारम्बार दोहोराए । रोनाल्डोले आफ्नो
फ्यानलाई भेट्न अस्विकार गर्दै एक्लै भेट्न
बोलाएकोमा लिमा भने चकित भएकी थिइन् । उनले
यस कुरालाई सार्वजनिक गरेपछि रोनाल्डोको छवि
थप धमिलिएको छ ।
यसअघि गत जुलाईमा इरिना सायेकले रोनाल्डोको
चरित्र राम्रो नभएको भन्दै उनलाई छाडेकी थिइन् ।
रोनाल्डोले इरिनासँगको आफ्नो ५ वर्षे प्रेम सम्बन्ध
टुंगिएको जानकारी समाजिक सञ्जालमार्फत नै
दिएका थिए ।
0 comments:
Post a Comment