Home » » संविधान बन्न नदिन खेलमात्र होइन, ओलम्पिक खेल नै छ: ओली

संविधान बन्न नदिन खेलमात्र होइन, ओलम्पिक खेल नै छ: ओली

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, श्रावण १९ - एमाले अध्यक्ष केपी शर्मा
ओलीले संविधान बन्न नदिन ठूलो खेल भइरहेको
बताएका छन् ।
सिमांकनसहितको संविधान जारी गर्न वार्ता
भइरहेकाबेला ओलीले ट्विट गरेका छन्, ‘संविधान बन्न
नदिन खेल मात्र होइन, अेलम्पिक खेल नै छ, तर एमालेले
यसलार्इ असफल पार्छ, असफल पार्न नेतृत्व गर्छ ।’
ओलीले त्यसको दुईमिनेट अघि पनि अर्को ट्विट गरेका
थिए । उनले भनेका छन्, ‘मैले हिजो बिहान नै
प्रधानमन्त्रीज्यूलार्इ भनिदिएको थिएँ, सीमाङ्कन
गर्ने कुरामा एमाले बाधा बन्दैन ।’
ओलीले मंगलबार नै बसेको संसदीय दलको बैठकमा
एमालेलाई संविधानविरोधी देखाउने दुस्प्रचार
भएको बताएका थिए । ‘एमाले पनि सिमांकनसहित
संविधान जारी गर्ने पक्षमा छ,’ उनको भनाइ उद्धृत
गर्दै एमाले सभासद् राजन भट्टराईले भने, ‘तर,
एमालेविरुद्ध दुस्प्रचार भएको छ ।’
ओलीले साउन मसान्तभित्र सिमांकनसहितको
संविधान जारी गर्न एमाले लचिलो भएर प्रस्तुत
भएको जानकारी दिएका थिए । ‘एमाले पनि सकभर
सिमांकनसहित संविधान जारी गर्न चाहन्छ,’ ओलीले
भनेका थिए, ‘के सिमांकनमा सहमति नभए संविधान नै
नबनाउने ?’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved