Home » » कांग्रेस नेता अमरेश सिंहलाई पार्टी तथा सभासदबाट निलम्बन गर्ने तयारी

कांग्रेस नेता अमरेश सिंहलाई पार्टी तथा सभासदबाट निलम्बन गर्ने तयारी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । राष्ट्रिय अखण्डतामा आँच आउने
गरि अभिब्यक्त दिँदै सर्वसाधारणलाई
भड्काएको आरोपमा नेपाली कांग्रेसका नेता
अमरेशकुमार सिंहलाई पार्टी तथा
संविधानसभा सदस्यबाट समेत निलम्बन गर्ने
तयारी कांग्रेसले गरेको छ ।
तराईमा पार्टी नीति विपरित सामाजिक
सद्भाव भड्काउन उत्तेजक भाषण गरेको भन्दै यस
अघि कांग्रेस संसदिय दलको कार्यालयले
उनलाई सात दिन भित्र स्पष्टीकरण बुझाउन पत्र
काटेको थियो ।
सिंहको अभिव्यक्तिलाई लिएर चौतर्फी
दबाब बढ्न थालेपछि प्रधानमन्त्री तथा पार्टी
सभापति रहेका सुशील कोइरालाको ठाडो
निर्देशनमा कांग्रेस अनुशासन विभागले २४
घण्टा भित्र स्पष्टीकरण बुझाउने गरी बुधबार
पत्र काटेको पनि सिंहले सो पत्र बुझ्न छाडेर
अहिले सर्लाही पुगेका छन् ।
कांग्रेस संस्थापन पक्षका नेताका अनुसार
कोइराला सिंहलाई पार्टीबाट कारवाही
गरेर उनको सभासद पद पनि खारेज गराउने
पक्षमा उभिएका छन् ।
सर्लाहीमा शुक्रबार हुने संयुक्त लोकतान्त्रीक
मधेसी मोर्चाको सभालाई संबोधन गर्न सिंह
त्यस तर्फ लागेको उनी निकट स्रोतले
खबरडबलीलाई जानकारी दियो ।
‘उनी अब कांग्रेसका नभएर मधेसका नेता हुने
भएका छन् त्यसैले कांग्रेसले कारवाही गर्छ भने
त्यसको मधेसमा स्वागत हुनेछ ।’– सिंह निकट
स्रोतले खबरडबलीसँग भन्यो ।
मिडियाले अनावश्यक चर्चामा ल्याएर
अाफुलार्इ विवादित बनाएकाे भन्दै कसैसँग
सम्पर्कमा अाउन नचाहेकाे सिंहलार्इ उदृत गर्दै
स्राेतले भन्याे । सर्लाही पुगेका सिंहकाे
माेबाइल अफ छ ।
अमरेश सिंहको अभिव्यक्तिलाई लिएर चर्को
विरोध भएपछि संसदको राज्य व्यवस्था
समितिमा समेत उनको छानविन गर्नका लागि
संजय गौतमको संयोजकत्वमा ७ सदस्यीय
छानविन समिति गठन भएको छ ।
राज्य व्यवस्था समितिका सभापति
दिलबहादुर घर्तिले दिएको जानकारी अनुसार
गौतम संयोजकत्वको छानविन कमिटीले
सिंहको बारेमा छानविन गरी रहेको छ ।
संविधान घोषणा गर्ने समय नजिकिँदै जाँदा
अमरेश सिंह सहित मधेसवादी दलका नेताहरु
सुरक्षा चुनौति हुन सक्ने आँकलन गरेर गृह प्रशासनले
उनीहरुको निगरानीमा बढाएको छ । केही
दिन यता सिंहको सुरक्षामा प्रहरी
खटाइएको गृहका अधिकारीले जनाएका छन् ।
कांग्रेस नेता सिंहको भारतीय गुप्तचर संस्था
‘रअ’ सँग आवद्धताबारे बारम्बार चर्चा हुने गरेको
छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved