भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नयाँ दिल्ली: उपचाररत रहेका एक जना १० दिनको
शिशुको मुसाले टोकेर ज्यान गएपछि दक्षिणी
भारतको एक अस्पतालमा ठूलो हङ्गामा भएको छ ।
उपचारका क्रममा दक्षिणी भारतको आन्ध्र
प्रदेशस्थित एक सरकारी अस्पतालमा राखिएका ती
शिशुलाई अस्पतालको श्ययामा नै मुसाले टोकेको
थियो ।
ती शिशुकी आमाका अनुसार मुसाले टोकेर नै उनको
ज्यान गएको थियो । पिसावसम्बन्धी समस्याको
उपचार गराइरहेका ती शिशुको मृत्यु मुसाले टोकेकै
कारण भएको प्रमाणित भएको छ ।
सो
घटनापछि सरकारी अस्पतालमा हुने गरेको चरम
लापरबाहीका विरुद्धमा व्यापकमात्रामा
अस्पताल प्रशासनको विरोध भएको छ ।
आन्ध्र प्रदेशको गुन्टुर सरकारी अस्पतालमा सो घटना
भएको थियो । उक्त घटनापछि सो अस्पतालका तीन
जना स्वास्थ्य अधिकारीलाई निलम्बन गरी
कारबाही सुरु गरिएको बताइएको छ ।
सरकारी अस्पतालमा यसअघि पनि व्यापकमात्रामा
लापरबाही हुने गरेका गुनासाहरु आउने गरेका थिए ।
यस्तै समाचारहरुकै बीचमा दुई दिनअघि यो घटनाको
समाचार आएको छ ।
त्यसैले यस पटक पनि त्यहाँ व्यवस्थापनपक्षबाटै
लापरबाही भएकाले अस्पतालमा भर्ना भएका
बिरामीका आफन्तले व्यापक विरोध गरेका थिए ।
ती शिशुकी आमा चवली लक्ष्मीले नवजात शिशुको
उपचार कक्षमा नै रहेका बेला उनको शिशुका हातका
औँला गायब भएका र मुसाले नै खाइदिएकाले औँला
हराएको जानकारी आफूले अस्पतालका
कर्मचारीलाई दिएको बताएका थिए ।
उनले भने – मैले पटक–पटक अस्पताल प्रशासनको
ध्यानाकर्षण गराउँदा पनि कसैले वास्ता नगरेपछि
मुसाको टोकाइकै कारण मेरो बच्चाको निधन भएको
हो ।
टेलिभिजन सम्वाददाताहरुलाई उनले भने – मेरो
छोराको ज्यान यही अस्पतालकै कर्मचारीका कारण
गएको हो, यहाँको लापरबाही डरलाग्दो रहेछ ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन् चन्द्रबाबु नाइडुले आफूले
सो अस्पतालका तीन जना स्वास्थ्य अधिकारीलाई
निलम्बन गरेको र कारबाहीका लागि अनुसन्धान
समिति पनि गठन गरेको जानकारी दिए ।
मुसाले नै टोकेर यसरी अस्पतालमा रहेका शिशुको
ज्यान गएको जानकारी पाउँदा आफूलाई निकै दुःख
लागेको मुख्यमन्त्री नाइडुले ट्वीटरमा पोष्ट गरेका छन्
। साथै उनले अबदेखि त्यस अस्पतालमा यस्तो दुर्घटना
कहिल्यै नदोहोरिसो भनेका छन् ।
सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई सम्पर्क गर्न
खोज्दा उनि सम्पर्कमा आउन नचाहेको समाचारमा
जनाइएको छ ।

0 comments:
Post a Comment