भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भैरहवा, ३० साउन । विगत चारदिनदेखि थारुहट र
लोकतान्त्रिक मधेशी मोर्चाले रुपन्देहीमा
बन्दहडतालको आन्दोलन जारी राखेका छन् । बन्दको
क्रममा शनिबार भैरहवामा स्थानीयहरुले प्रतिकार
गर्दा दिनभरि भैरहवाको जनजीवन तनावग्रस्त बन्यो
।
यसैक्रममा बन्दकर्ताले भैरहवा नजिकै रहेको
लखनचोकमा गाडी तोडफोड गर्ने वन्दकर्ता २४
जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले
जनाएको छ । वन्दकर्ताले लु १ ख ३३४१, लु१ ख २३६४ को
सवारी साधन तोडफोड गरेका छन् ।
प्रहरीले सुरक्षा लाईनमा वस तथा टकलाई स्कटीड
गरी लैजान खोजेकोले आन्दोलनकारीहरु बाटोमै
लसकरै सुतेका छन् । माग सम्बोधन नभएसम्म
अनिश्चितकालीन आन्दोलन जारी रहने बताउदैं
स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक भोपेन्द्र
यादवले भने–‘गोली खान तयार छौं, मरी जाउ
बाटोबाट हट्दिन । सडकमै २४ सै घण्टा विताईन्छ,
यहि खाईन्छ, यहि सुतिन्छ ।
बन्दको तेस्रो र चौथो दिन पनि भैरहवा लगायत यस
आसपासका क्षेत्र नराम्ररी प्रभावित भएको छ । थरुहट
संघर्ष समिति, संयुक्त मधेशी संघर्ष समिति, थारु
कल्याणकारीणी संघर्ष समिति लगायतका दल तथा
संस्थाहरुले आव्हान गरेको अनिश्चित कालीन बन्दका
कारण भैरहवामा लामो तथा छोटो दुरीका सवारी
साधन सञ्चालन हुन नसके पछि यात्रुहरु सबै भन्दा बढी
मारमा परेका छन् ।

0 comments:
Post a Comment