भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कैलाली, साउन ३१– देशलाई हिन्दु राष्ट्र या धर्म
निरपेक्ष के बनाउने भन्ने बारे जनताको धारणा बुझ्न
कैलालीमा नमुना जनमत संग्रहको आयोजना गरिएको
छ । मस्यौदा समितिले तय गरेको प्रारम्भिक
मस्यौदामाथि जनतासामु छलफलमा लैजाँदा
देशभरबाट नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने आवाज
उठेको सन्दर्भमा हिन्दुराष्ट्र संरक्षण संघर्ष समिति
नामक संगठनले कैलालीमा यहीबारे धारणा बुझ्न
नमुना जनमत संग्रह गरेको हो ।
सो क्रममा अधिकांश सहभागीले हिन्दु राष्ट्रको
पक्षमा मतदान गरेको हिन्दू राष्ट्र संरक्षण संघर्ष
समितिका क्षेत्रीय संयोजक हरि रेग्मीले जानकारी
दिए । सहभागीलाई मतपत्रमा हिन्दु राष्ट्र या धर्म
निरपेक्ष राष्ट्र के रोज्ने भन्नेबारेमा विकल्प रोज्न
लगाइएको थियो ।
सहभागीहरुले उल्लेख्यरुपमा सहभागिता जनाउँदै
हिन्दुराष्ट्रको पक्षमा मतदान गरेको रेग्मीले बताए ।
शनिबार दिउसो दुई घण्टा धनगढीको एलएन चोकमा
गरिएको जनमत संग्रहमा ४ हजार ७८ जनाले स्वतस्फुर्त
रुपमा मतदान गरेकोमा हिन्दुराष्ट्रको पक्षमा ४
हजार २९ , धर्म निरपेक्षताको पक्षमा २३ र २६ मत बदर
भएको आयोजकले दाबी गरेको छ ।
बिना प्रचार प्रसार छोटो समयमै गरिएको नमुना
मतदानको परिणामबाट नेपाली जनता के चाहान्छन
भन्ने स्पष्ट भएको भएको आयोजकको भनाई छ ।
मतदानमा युवादेखि बढापाकासम्मका सबै वर्ग र
क्षेत्रका समुदायको सहभागिता रहेको बताइएको छ ।
सो जनमत संग्रहमा संगठनले गरेको भएपनि अन्य
हिन्दुराष्ट्रप्रति आस्था राख्ने राजनीतिक दलहरुको
पनि सहयोग गरेको बताइएको छ ।
तस्विर : राजाराम बर्तौलाको फेसबुकबाट

0 comments:
Post a Comment