Home » » दलहरु बीच ६ प्रदेशमा सहमति, यस्तो प्रदेशको विभाजन !

दलहरु बीच ६ प्रदेशमा सहमति, यस्तो प्रदेशको विभाजन !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

प्रमुख दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा जारी
वार्ता निश्कर्ष नजिक पुगेको बताईको छ । दलहरुले
आजको बैठक निर्णयक हुने भन्दै आएका थिए । समाचार
स्रोतका अनुसार सीमांकनमा ६ प्रदेशमा ‘सहमति’
भइसक्यो आजै हस्ताक्षर हुनेछ ।
प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष नेता
सम्मिलित वार्तामा अब धेरै ढिला गर्न नहुने भन्दै ती
नेताले भने, ‘आज सहमतिमा हस्ताक्षर गरेर
संविधानसभामा पेश हुन्छ।’
६ प्रदेशको सीमा टुंगिएको नेताहरुले बताएका छन्।
नागरिकता र धर्मका बिषयमा देखिएको विवाद
टुंग्याउनका लागि नेताहरूअन्तिम प्रयासमा छन्।
प्रदेश १
मेची, कोशी र सप्तरी र सिरहा वाहेक सगरमाथाका
सवै जिल्ला
प्रदेश २
सप्तरी देखि पर्सासम्म
प्रदेश ३
रामेछाप, दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक,
रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर,
धादिङ र चितवन
प्रदेश ४
गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ,
म्याग्दी, बाग्लुङको पुर्वी भाग, पर्वत, स्याङजा,
नवलपरासी दाउन्ने पुर्व,
प्रदेश ५
नवलपरासीको दाउन्ने पश्चिम, रुपन्देही, पाल्पा,
गुल्मी, कपिलवस्तु, अर्घाखाँची, प्युठान, दाङ,
बाग्लुङको पश्चिम भाग, रोल्पा, रुकुमको पुर्वी भाग,
बाँके, बर्दिया
प्रदेश ६
रुकुमको पश्चिम भाग, सल्यान र बर्दिया पश्चिमको
बाँकी सव

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved