भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना
ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । यस
अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले अब हप्तामा दुई पटक
१०० रुपैयाँको रिचार्ज गर्दा १०० रुपैयाँकै बोनस
प्राप्त गर्न सक्नेछन् ।
यो योजना साउन २४ देखि आईतवार देखि शुरु हुनेछ र
यो साप्ताहिक चक्रमा चल्ने कम्पनीले बताएको छ।
जस अन्तर्गत शनिवारसम्म गरिएको रिचार्जलाई
गणना गरिनेछ । अर्को आइतवारबाट पुनः नयाँ
साप्ताहिक चक्र शुरु हुने बताइएको छ।
यसरी चल्ने योजनामा ग्राहकले एक चक्रमा दोस्रो
पटक १०० रुपैयाँको रिचार्ज गर्ने बितिक्कै १००
रुपैयाँको बोनस व्यालेन्स प्राप्त गर्नेछन् । तर
प्रिपेडमार्फत प्रिपेडमा ब्यालेन्स ट्रान्सफरबाट
प्राप्त गरिएको ब्यालेन्स बोनस प्राप्त गर्न मान्य
हुनेछैन । प्राप्त बोनसबाट एनसेल नेटवर्क भित्र कल गर्न,
एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सकिनेछ र उतm
वोनस ५ दिनसम्म मान्य हुनेछ ।
रिचार्ज कार्ड, भिएफटि, बैंक तथा अन्य कुनै पनि
माध्यमबाट रिचार्ज गरि यस योजनाको लाभ लिन
सकिनेछ । ग्राहकले एष्ट्रिक्स १७११४ हयास डायल गरी
हप्ता भरी आफूले गरेको रिचार्जको निःशुल्क
जानकारी लिन सक्न बताइएको छ।
यो योजना १२ हप्तासम्म जारी रहने पनि कम्पनीले
बताएको छ ।

0 comments:
Post a Comment