भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मलेसिया , श्रावण २६ - मलेसियामा गैरकानूनी
हैसियतमा रहेको आरोपमा ४६ जना नेपाली कामदार
पक्राउ परेका छन् । उनीहरुलाई मलाकास्थित
विभिन्न स्थानहरुबाट पक्राउ गरिएको त्यहाँस्थित
अध्यागमन अधिकारीलाई उध्दृत गर्दै समाचार संस्था
बर्नामाले जनाएको छ ।
ती स्थानहरुमा गत साता धरपकड गरि उनीहरुलाई
पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा ४६
नेपालीसहित १० जना पाकिस्तानी, २० जना
बंगलादेशी, १२ जना इण्डोनेसियाली, २१ जना
बर्मेली र १/१ जना भारतीय र भियतनामी छन् ।
0 comments:
Post a Comment