Home » » रामप्रसाद खनाललाई मोडेल एलीसाको पत्र....

रामप्रसाद खनाललाई मोडेल एलीसाको पत्र....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

गायिका ज्योती मगरलाई ‘ब्लु फिल्म’ अर्थात्
निलो चलचित्र खेल्न सुझाव दिएकोमा सर्वप्रथम
रामप्रसाद ज्यूलाई धन्यबाद । हुन त यो मेरो
विषयको कुरा होइन तै पनि तपाईको अभिव्यक्ति
पढ्दा मन थाम्न सकिन अनि केही भन्न मन लाग्यो ।
सायद तपाईलाई थाहा नै छ यो संसारमा रहेका
जुनसुकै प्राणीले पनि आफुलाई जिवित राख्नको
लागि समयलाई चिनेर समय अनुसार आफुलाई पनि
परिवर्तन गर्दै जानुपर्छ । नत्र आफ्नो अस्तित्व गुमाएर
यो संसारबाट नै लोप हुनुपर्छ ।
अहिलेको समय अनि दर्शक श्रोताको माग त्यहि छ
अनि त्यहि चाहन्छन् र उनको परिवारलाई केही
आपत्ति छैन भने तपाईलाई यसमा के को आपत्ती ?
यदि तपाईलाई मनपर्दैन परिवारसँग साथ बसेर हेर्न
सक्दैन जस्तो लाग्छ भने तपाई नहेर्नुस नत ? अनि
ज्योती पहिलेबाट नै यसरी छाडा भएर
लोकदोहोरी क्षेत्रमा जन्मेकी पक्कै होइन होला यो
त हाम्रै समाजले बनाएको त हो नि होइन र ?
मलाई राम्रोसँग थाहा छ हजुर पनि कुनै समय
लोकदोहोरी क्षेत्रकै वरिष्ठ गायक हो अनि नेपाल
टेलिभिजनको कर्मचारी पनि । अहिले अमेरिकामा
हुनुहुन्छ । तपाईले समय अनुसार लोकदोहोरी क्षेत्रमा
आफुलाई परिवर्तन गर्न नसक्नु भएको हो ? यदि होइन
भने किन अमेरिकामा गएर कुनै गीत ल्याउन सक्नु भएन ?
के तपाई अरुको प्रगतिप्रति डाह लागेकै हो त ? यदि
सक्नुहुन्छ भने तपाई आफु पनि प्रगति गरेर देखाउनुस नत्र
अरुको प्रगतिमा गिद्धे दृष्टि नलगाउनुस् ।
रामप्रसाद खनालज्यु तपाइ जस्तो व्यक्तिको पनि
यति तल्लो स्तरको सोच देखेर मात्र केही भन्न मन
लागेको हो अन्यथा नसोच्नु होला । तपाईको
समयमा तपाइका दर्शकश्रोता त्यस्तै प्रकृतिका थिए
अहिले ज्योतीका दर्शक श्रोता त्यस्तै छन् हामीले कुनै
टिप्णी गर्नुपर्ने कारण छैन । अहिले विभिन्न संचार
माध्यम र सामाजिक संजालहरुमा जताततै ज्योति
मगरको विषयलाई लिएर राम्रा नराम्रा चर्चा
परिचर्चा भइरहेका छन् । लोकदोहोरी गायिका
ज्योति मगरलाई जुन किसिमको प्रसंग उठेको छ
देखाउदै हिडयो भनेर तर जहाँसम्म मलाई लाग्छ भएर पो
देखायो त नभएको भए किन देखाउनु पथ्र्यो र ? यो
दुनियाँ अहिले २१ औं शताब्दीमा छ । देमा गणतन्त्र
आइ सकेको छ स्वतन्त्र रुपमा आफ्नो अधिकार प्रयोग
किन नपाउने ?ज्योति मगर नाङगै त हिडेको छैन नि ।
छोटो कपडा लगाउनु ज्योति को दोस् हो त ?
नेपाली चलचित्रका नायिकाहरु पनि त छोटो
पहिरण लगाउछन् । यदि यस्तै कुरा गर्ने हो भने सबै
भन्दा पहिले बाटोमा नाङगै हिडने जोगीहरुलाई
रोकेर देखाउ नत्र भने अरुलाई जे पायो त्यहि नभनौं ।
आज अमेरिकामा बस्दैमा नेपाली छोरीलाई निलो
फिल्म खेल्न अडर दिने अधिकार छैन तपाइलाई । खुब
गीत संगीतको पारखी रे… लाज लाग्दैन ?? मुख
छापेर हिंड्नुस् । दम छ र लोकगीतको पारखी नै भए
नेपाल आएर गीत संगीततिर लाग्नु र अनि अडर गर्नुस् ।
तीज नेपाली महिलाको पवित्र पर्व भन्ने सबैलाई
थाहा छ । तपाइले सिकाइ रहनु र सम्झाउनु पर्दैन ।
पहिले पहिलोका महिलाहरुले तीजमा दश हजारको
साडी लगाउथे अहिले २०, ३० हजारको साडीले पुग्दैन
। गीत संगीतमा नि अलि जमाना अनुसार अलि फरक
मात्र हो । रामप्रसाद ज्यु अमेरिका जस्तो स्वतन्त्र
मुलुकमा बसेर घृणित सोच नबनाउनुस् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved