भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
परासी : नवलपरासीको बासाबसहीमा
बन्दकर्ताहरुले आज बिहान तीनवटा गाडी जलाएका
छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–सुनवल
सडकखण्डको तिलकपुरको तुलसीनगरमा बन्दकर्ताले
दुईवटा ट्रक र एक पिकअप भ्यान जलाएका हुन् ।
बन्दकर्ताले ना३ख ६९२६ नं को ट्रक र बा१०च ३३१३ नंको
पिकअप भ्यान र नम्बर नखुलेको एक ट्रकसहित तीनवटा
गाडी जलाएका छन् । त्यसैगरी बन्दकै क्रममा गाडी
पल्टिँदा नम्बर नखुलेको ट्रकका चालक रविलाल
गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
नवलपरासीले जनाएको छ ।
नवलपरासीमा लगातार एक सातादेखि थरुहट मधेसी
संयुक्त सङ्घर्ष समितिले बन्द आह्वान गरेका छन् ।

0 comments:
Post a Comment