भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नयाँदिल्ली, १३ भदौ । अन्तर्राष्ट्रिय बजारमा
सुनको मूल्यमा निरन्तर गिरावट आएसँगै स्थानीय
बजारमा पनि सुनको भाउ घटेको छ । भारतको
राजधानीस्थित दिल्ली सर्राफा बजारका अनुसार
बजारमा सुनको मागमा कमी आएकाले सुनको भाउ १०
महिनायताकै सस्तो भएको हो ।
दिल्ली सर्राफा बजारमा सुनमा १० महिना र
चाँदीमा ६ महिनायताकै सबैभन्दा बढी गिरावट
आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ
मूल्य अनुसार सुन प्रतितोला २६ हजार ७०० भारतीय
रुपैयाँ कायम गरिएको छ । यस्तै, चाँदी किलोको ३४
हजार ८०० भारतीय रुपैयाँ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन किलोमा २५.१ डलरले घट्दै
११३३.३० डलर कायम भएको छ । यो यस हप्ताको
सबैभन्दा बढी र यो वर्षको तेस्रो सबैभन्दा बढी
साप्ताहिक गिरावट हो । बजार विश्लेषकका
अनुसार सप्ताहिक बजारमा उतारचढाव हुनु र
अमेरिकी फेडरल रिजर्व बैंकद्वारा ब्याजदर बढाउने
सम्भावनाले सुनको भाउ कमजोर भएको हो ।

0 comments:
Post a Comment