भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २१ साउन । सलक्क परेको ज्यूडाल, रसिला
ओठ, कलेजमा धेरै केटाहरुले छड्के नजर लाउँछन् । तर उनको
नजर कसैसँग टिक्दैन । विस्तारै दुई युवक उनका पछि
ज्यान फालेर लाग्छन् । तर पनि युवतीको नजर गहिरो
पर्दैन । दुवै युवाकी ड्रम गल्र्सले अन्तिममा दुवैलाई प्रेम
गर्न थाल्छिन् । यो सरकारी वा निजी क्षेत्रबाट
सञ्चालित नेपालका प्रख्यात कलेजकी छात्राको
प्रेम कहानी होइन । नेपाली चलचित्रमा डब्यू गरेकी
अभिनेत्री जान्वी बोहराको पहिलो चलचित्रको
कथा बस्तु हो ।
२२ साउन (भोली) देखि देशभर प्रर्दशनमा आउन
लागेको नेपाली चलचित्र ‘सपना तिम्रो मेरो’ मा
दुई नायक छन् । सविन श्रेष्ठ, सुशान्त कार्की । दुबै
अभिनेताले जान्वीलाई असाध्य माया गर्दछन् र
प्राप्तीका लागि ज्यान पनि फाल्दछन् । नेपाली
संस्कृति अनुसारको प्रेम सम्बन्ध रहेको यो चलचित्र
मौलिक पाराको छ । उनका दुई ब्वायफ्रेण्ड छन् । ‘ति
मेरा दुई ब्वायफ्रेण्डलाई (भोली) २२ साउनमा
सार्वजनिक गर्छु’ जान्वीले भनिन् ‘दुवै जनासँग
नेपालपनको माया दिएकी छु ।’
अभियन क्षेत्रमा एक दशक बिताई सकेकी बोहराको
यो पहिलो ठुलो पर्दाको चलचित्र हो । दर्जनौ
टेलिश्रंखलामा अभिनय गरिसकेकी जान्वीले आफ्नो
अभिनयको जादु भोलीदेखि प्रर्दशनमा आउने
चलचित्रमा प्रर्दशन गरेकी छिन् । सानो लगानीबाट
निर्माण भएको चलचित्र भएपनि कथा बस्तु र
अभिनयकला भने यस चलचित्रमा अपार रहेको छ ।
0 comments:
Post a Comment