भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
आठ महिनादेखि तलव नपाउँदा बिचल्ली
मलेसिया : मलेसियाको बन्दराटेकमा रहेको बेगन
कन्ट्रक्सनमा कार्यरत नेपाली श्रमिक ८ महिनादेखि
तलब नपाउँदा भोकभोकै बस्न बाध्य छन् ।
१७ महिना अघि रोजगारीका लागि मलेसिया
आएका ५० नेपाली कामदारले तलव नपाउँदा भोकै
बस्नुपरेको बताएका हुन् ।
काठमाडौँको राज ओभरसिज मार्फत आफूहरु
मलेसिया आएको सुनसरीका मदनबहादुर राउतले बताए
। राउतका अनुसार ८ महिना देखि तलव नपाउँदा
नेपालमा रहेको परिवारमा पनि गर्जाे टार्नै समस्या
भएको गुनासो गरे ।
कम्पनीसँग पटक पटक तलव माग्दा मानसिक र
शारीरिक यातना दिने गरेको उनले बताए । ८
महिनादेखिको तलव माग्दा कम्पनी व्यावस्थापनले
गालीगालौज गर्ने गरेको खोटाङको दिक्तेलका
गोविन्दप्रसाद आचार्यले बताए ।
कम्पनीले काममात्र लगाइरहेको तर तलव भने नदिएको
आचार्यले बताए । ‘घरको आर्थिक अवस्था कमजोर भएर
साहुको ऋण काढी मलेसिया आएको व्याज पनि
तिर्न सकिएला जस्तो छैन’, खोटाङकै इन्द्रबहादुर
भुजेलले भने, ‘अब घरका परिवार नै भोकै बस्नुपर्ने अवस्था
आइसक्यो ।’
कम्पनीले उपलव्ध गराएको क्यान्टिनमा उधारो
खाना खाँदै आएका उनीहरुलाई क्यान्टिनले रकम
तिर्न दवाव दिएको छ । क्यान्टिन सञ्चालकले रकम
भुक्ताननगरे खाना बन्द गर्ने बताएपछि उनीहरु थप
तनावमा परेका छन् ।
‘रकम नतिरे खाना नै बन्द हुने भयो’, राउतले भने, ‘अब
हामी भौकै मर्छाै होला’, राउतले अन्नपूर्णसँग भने ।
आफूहरुले विनातलव अब कामगर्न नसक्ने भएकाले ८
महिनाको तलब दिलाएर नेपाल पठाउन दूतावाससँग
सहयोगको पहल गरिदिन पीडित नेपालीले आग्रह
गरेका छन् ।

0 comments:
Post a Comment