भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १९ साउन । विगतका वर्षहरुमा भन्दा
यसवर्ष भक्तपुरमा बलात्कारका घटनामा वृद्धि भएको
छ । महानगरीय प्रहरी परिसर भक्तपुरले विगत दुईवर्षको
दाँजोमा यसवर्ष बलात्कारका घटनामा वृद्धि भएको
जानकारी दिएको हो ।
आव २०६९/७० मा १५ वटा बलात्कार र दुईवटा
बलात्कारको उद्योगसम्बन्धी घटना भएको भक्तपुरमा
आव २०७०/७१ मा बलात्कारका घटना १५ वटा र
बलात्कार उद्योग तीनवटा घटना भएको प्रहरी
नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी
दिनुभयो ।
त्यसको दाँजोमा आव २०७१/७२ मा भने बलात्कारका
१९ वटा घटना घटेको र नौवटा बलात्कार प्रयासका
घटना भएको उहाँले बताउनुभयो । ‘पहिला यौन
सम्पर्क राख्न बोलाउने, दुई तीन पटक सम्पर्क
राखिसकेपछि बल्याकमेल गर्ने, बलात्कारको आरोप
लगाउने प्रचलन बढेकाले बलात्कारको घटना बढ्यो’
उहाँले भन्नुभयो ।
बलात्कारका अधिकांश घटना चिनजानको
व्यक्तिबाटै भएको र दुईजना बालिकालाई
ललाइफकाई बलात्कार गरेको पाइएको छ । प्रहरीका
अनुसार पटकपटक यौन सम्बन्ध भएर दुईजना बीच
असमझदारी भएपछि बलात्कार भएको उजुरी आएकाले
कतिपयलाई कारबाही प्रक्रिया अगाडि बढाइएको
छ । रासस
0 comments:
Post a Comment