भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १९ साउन । भारत र पाकिस्तानका
तैनाथ सुरक्षाफौजबीच काश्मिर क्षेत्रमा झडप भएको
यहाँका सुरक्षा अधिकारीले जनाएका छन् ।
भारत तथा पाकिस्तानबीच भएको युद्धबिरामको
उल्लङ्घन गर्दै दुवै देशका सुरक्षाफौजबीच भिडन्त भएको
साथैे एक अर्कामाथि लक्षित गर्दै दुई देशको
विवादित भूमि जम्मु, रजौरी र पुँच जिल्लाको
विभिन्न इलाकामा गोली हानाहान भएको
भारतीय पक्षबाट जानकारी गराइएको छ ।
“पाकिस्तानी सुरक्षाफौजले आइतबार पुँचको राति
कृष्णगति र माडी इलाका, रजौरीको बालाकोटे र
जम्मुको पालाङवाला क्षेत्रमा आक्रमण गरेको छ,”
भारतीय रक्षा अधिकारीले सिन्ह्वालाई बताए ।
यसैबीच नयाँ दिल्ली र इस्लामाबादले पहिले
युद्धबिराम भङ्ग गरेको भन्दै एक अर्कालाई आरोप
लगाएका छन् । दुवैले आफ्नो भूमि र जनताका
सुरक्षाका लागि उपयुक्त जवाफी कारबाही गरेको
बताएका छन् । रासस/सिन्ह्वा
0 comments:
Post a Comment