भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दिल्लीबाट फकाईएका युवतीको बयान
काठमाडौं: दिल्ली प्रहरीले नियन्त्रणमा लिई
नेपाल फिर्ता पठाएका २७ युवतीमाथि केन्द्रीय
अनुसन्धान ब्युरोले बयान लिन थालेको छ।
दिल्ली प्रहरी र महिला मन्त्रालयको समन्वयमा ती
युवतीाई मंगलबार स्वदेश फिर्ता गरिएको थियो।
ब्युरोले बुधबार १४ जनासँग बयान लिइसकेको छ।
बयानका क्रममा युवतीहरूले आफूखुसी काम गर्न
हिँडेका आफूहरूलाई किन अपराधी जसरी खोजेर
ल्याई दुःख दिएको भन्दै प्रहरीसमक्ष गुनासो गरेका
छन्। घरेलु कामदारका रूपमा इराकको कुर्जकिस्तान
हिँडेको बयान उनीहरूले दिएका छन्।
फरकफरक जिल्लाका युवतीहरूलाई कसरी भेला गराएर
एजेन्टले दिल्लीसम्म पुर्यायो भन्नेमा ब्युरोले
अनुसन्धान केन्द्रित गरेको छ। उनीहरू सोलखुम्बु,
खोटाङ, उदयपुर, रूपन्देही, नवलपरासी, चितवन,
धादिङ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका हुन्।
( काठमाडौंकै डान्सबारबाट बेचिन्छन् युवती)
एजेन्टले कागजपत्र बनाउन भन्दै ११ दिनसम्म होटेलमा
राखेर दिल्ली एयरपोर्टबाट कर्जुकिस्तान लैजाने
क्रममा प्रहरीले पक्राउ गरेको थियो। मासिक ५०
देखि ६० हजार रुपैयाँ पारि श्रमिक पाउने भएकाले
आफूरू त्यता जान लागेको उनीहरूको भनाइ छ। तीमध्ये
केहीले घरेलु कामदारका रूपमा कुर्जकिस्तान पुगेर
फर्किसकेको बताएका छन्।
उनीहरूले 'परिवार पाल्न'का लागि आफूहरू
बिदेसिनुपरेको जबाफ दिएका छन्। डिपेन्डेन्ट
भिसामा हिँडेका उनीहरूले नेपाली एजेन्टलाई ४०
देखि ५० हजारसम्म बुझाएर गएका थिए।
ब्युरोकी एसपी किरण बज्राचार्यका अनुसार
युवतीहरूले प्रहरीलाई अनुसन्धानमा खासै सहयोग
गरेका छैनन्। फर्काइएका कुनै युवतीको पनि कागजपत्र
नभएका कारण प्रहरीलाई उनीहरू कुन माध्यमबाट
दिल्ली पुगेको भन्ने पत्ता लगाउन असजिलो भएको छ।
( ( दुबई डान्सबार नपुग्दै दिल्लीबाट २७ युवतीलाई
काठमाडौं फर्काइयो (भिडियोसहित) )
'केहीलाई आफ्नो कागजपत्रबारे थाहा रहेनछ। पैसा
तिरेकै भरमा राहदानी र भिसा पाएका रहेछन्।
दलालका बारेमा बताउन आनाकानी गरिरहेका छन्।
हामी थप अनुसन्धान गरिरहेका छौं', एसपी
बज्राचार्यले भनिन्। ब्युरोले बयान लिइसकेपछि
युवतीहरूलाई माइती नेपालमा पठाउँदै आएको छ।
0 comments:
Post a Comment