भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भाद्र १३, २०७२- जनजाति महासंघका केन्द्रीय
पूर्वसचिव बद्रि कुचबधिया ७ वर्षीया बालिका
बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।
उनले नेपालगन्ज न्यूरोडको बौद्धचोकस्थित गुम्बामा
खेल्न गएकी बालिकालाई बलात्कार गरेको
पीडितका आफन्तले बताएका छन् । गत सोमवार
दिउँसो साढे २ बजेतिर बालिकामाथि दुर्व्यवहार
भएको थियो । ‘घाउ दुखेर सॉझ मात्र नातिनीले
भनि,’ हजुरआमाले भनिन्– शंकास्पदलाई देखाउ‘दै
जॉदा उसैले गरेको पत्ता लाग्यो ।
बालिका स्थानीय विद्यालयमा कक्षा १ मा पढ्छिन्
। मंगलवार नेपालगन्ज शिक्षण अस्पतालमा
उनको स्वास्थ्य
परीक्षण गरिएको थियो । प्रहरीले सरकारी
अस्पतालको रिपोर्टलाई मात्र मान्यता दिने
भनेपछि भेरी अन्चल अस्पतालमा जॉच गरिएको छ ।
बालिकाले दोषीलाई चिन्छु भनेपछि शंकास्पद
व्यक्तिलाई देखाउन प्रहरीसहित गएको परिवारले
जनाएको छ । कुचबधियालाई देख्नासाथ बालिकाले
चिनेपछि उनलाई पक्राउ गरेको हो । ‘प्रहरीमा
जाहेरी दिएका छौं,’ उनले भनिन्, ‘मेरी बच्चीले न्याय
पाउनुपर्यो । अपराधीलाई कडा कारबाही हुनुपर्छ ।’
बॉके प्रहरी उपरीक्षक वसन्त पन्तले बालिकामाथि
जबर्जस्ती करणीको प्रयास भएको बताए । ‘जबर्जस्ती
करणीको उद्योग भएको देखिन्छ । हामी विस्तृत
अनुसन्धान गर्दैछौं,’ उनले भने ।
अभियुक्त कुचबधियाले अपराध नस्वीकारे पनि
घटनाको प्रकृति, गुम्बा वरपरका व्यक्ति र पीडित
बालिकाले चिनेकाले उनीविरुद्ध मुद्दा चलाउने
तयारी भइरहेको उनले जनाएका छन् ।

0 comments:
Post a Comment