भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१३ भदौ, काठमाडौं । अमेरिकामा उपचार गराइरहेका
बालक आदित्य दाहालको विषयमा सामाजिक
सञ्जालमा अफवाह फैलाइएपछि उनको नामबाट
खुलेको प्रतिष्ठानले प्रहरीमा जाने तयारी गरेको छ
।
अफवाह फैलाउने अनलाइन र सामाजिक सञ्जाल
प्रयोगकर्ता विरुद्ध साइबर क्राइममा उजुरी दिन
लागिएको प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद
प्रसाईले बताए ।
‘अमेरिकामा उहाँको मृत्यू भयो भनेर भ्रम फैलाउन
खोजिएको छ,’ उनले अनलाइनखबरसित भने, ‘हामी
कानूनी उपचार खोज्नेछौं ।’ उनले बालक आदित्यको
अवस्था अहिले सामान्य रहेको जानकारी दिए ।

0 comments:
Post a Comment