Home » » धर्मनिरपेक्षताको पक्षमा बोल्ने ब्लगरको हत्या

धर्मनिरपेक्षताको पक्षमा बोल्ने ब्लगरको हत्या

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी : धर्मनिरपेक्षताको पक्षमा वकालत गर्दै
आएका एक ब्लगरको शुक्रबार दिउँसो बंगलादेशको
राजधानी ढाकामा हत्या भएको छ ।
४० वर्षीय ब्लगर निल्यो निललार्इ पहिचान हुन
नसकेको समूहले हत्या गरेको पुष्टि ढाकाको
खलीगाउँस्थित बंगलादेशी प्रहरीका सव-इन्सपेक्टर
खैरुजजमानले पुष्टि गरेका छन् ।
'हामीलार्इ प्राप्त प्राराम्भीक सूचना अनुसार
हत्या गरिएका ब्यक्ति ब्लगर भएको खुलेको छ ।'
उनीसँगै बंगलादेशमा धर्मनिरपेक्षताको पक्षमा वकालत
गर्ने चौथो ब्लगरको हत्या भएको छ । हत्यामा
इस्लामिक आर्मीको संलग्नता रहेको अनुमान
गरिएको छ ।
समाचार अनुसार निलको ढाकास्थित कोठैमा पसेर
निलमाथि आक्रमण गरिएको थियो । निलले लामो
समयदेखि इस्लामिक पार्टीमाथि प्रतिबन्ध र सन्
१९७१ का युद्धका अपराधीमाथि कारबाही माग
गर्दै आएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved