भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २६ साउन । राजधानीका सरकारी
अस्पतालमै अवैध गर्भपतन गराउने गरेको खुलासा भएको
छ ।
ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा
कार्यरत डा. नुतन शर्माले अवैध गर्भपतन गराएको भन्दै
निलम्बन गरिएको हो । प्रसूती तथा स्त्री रोग
विशेषज्ञ डा शर्मालाई नेपाल मेडिकल काउन्सिलको
फुल हाउसले तीन महिनाका लागि आइतबार निलम्बन
गरेको हो ।
उनलाई गर्भपतनका लागि लिंग पहिचान गरेको र
गर्भपतन गर्न उत्प्रेरित गरेको अभियोगमा काउन्सिलले
निलम्बन गरेको हो । अस्तापलमा उनले महिलाको
गर्भ चेकजाँच गरी छोरी भए गर्भमै मारिदिने गर्थिन् ।
काउन्सिलले अस्पताल र गर्भपतनमा संलग्न अन्य
स्वास्थ्यकर्मीलाई पनि कारबाही गर्न स्वास्थ्य
मन्त्रालयलाई पत्राचार गरेको छ ।नेपालको कानुन
अनुसार लिंग पहिचान गरी गर्भपतन गर्न पाइदैन ।
काउन्सिलले चिकित्सकीय आरचासंहितालाई समेत
ख्याल नगरेर कानुन विपरितको कार्य गरेको भन्दै
यस्तो निर्णय गरेको जनाएको छ ।
0 comments:
Post a Comment