भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अब कारभित्र झोला होइन की झोलाभित्र कार
राख्ने जमाना आएको छ । झोलाभित्र कार राखी
उक्त झोला पिठ्युँमा बोकेर ठमठमी हिँड्ने र कार चढ्न
मन लागेको बेला झोलाबाट कार निकालेर
जोडजाड पारी चढेर गुडाउने दिन आउँदैछ ।
हो, जापानी इन्जिनियरले यस्तो पोर्टेबल कारको
विकाश गरेका छन् जसलाई झोलाभित्र राख्न
सकिन्छ । ‘वाककार’ नाको उक्त पोर्टेबल गाडी यति
सानो छ की त्यसलाई ब्याकप्याक मा राख्न
सकिन्छ र ३ घण्टाको चार्जिङ पछि १० किलोमिटर
प्रतिघण्टाको गतिमा १२ किलोमिटर सम्म गुडाउन
सकिन्छ । चढ्ने मानिसको वजनबाटै यो कारको गति
नियन्त्रण गर्न सकिन्छ ।
२६ वर्षे इन्जिनियर कुनियाको साइटो र उनको
टोलीले हालै कोकोआ मोटर्स कम्पनीमा लिथियम
ब्याट्रीवाला ‘वाक कार’ निर्माण गरेका छन् । यो
कार ल्यापटपको आकारको छ र सडकमा राख्दा
स्केटबोर्ड जस्तो देखिन्छ ।
रिपोर्ट अनुसार यो कारले १२० किलो सम्मको वजन
धान्न सक्छ । चालक यो कारमा उभिने बित्तिकै कार
आफै चल्दछ र चालक झरेपछि आफै बन्द हुन्छ ।
आल्मुनियमबाट बनेको यो कारको तौल २-३ किलो
मात्र छ ।
सबैभन्दा राम्रो कुरा त के भने यो कारलाई पार्किङ
गर्नका लागि कुनै ठूलो पार्किङ स्थलको आवश्यकता
पर्दैन । किनकी यसलाई सजिलैसँग झोलामा राख्न
सकिन्छ ।
निर्माता साइटोका अनुसार अर्को महिनादेखि
यो झोलामा राख्न सकिने कारको अनलाइन बुकिङ
सुरु हुनेछ । किक स्टार्टर वेबसाइटमा यो कार बुक गर्न
सकिनेछ । यसको सम्भावित मूल्य ८ सय डलर हुने
बताइएको छ । एजेन्सीको सहयोगमा
0 comments:
Post a Comment