Home » » भारतविरुद्ध नेपाललाई १–० को अग्रता....

भारतविरुद्ध नेपाललाई १–० को अग्रता....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : यु–१९ साफ च्याम्पियन्सिपको
उपाधिका भिडन्तमा भारतविरुद्ध नेपालले १–० को
अग्रता लिन सफल भएको छ ।
शुरुबाटै आक्रमक खेल पस्किरहेको नेपालले खेलको ३१ औं
मिनेटमा तेज तामाङको गोलमा नेपालले अग्रता
लिएको हो ।
नेपालका लागि सुनिल बलले दिएको उत्कृष्ट कर्णर
बलमा नेपालका लागि अनन्त तामाङले हेड गरेपछि
फर्केको बललाई भारतीय किपरलार्इ बिट गरी तेजले
गोल गरेका हुन् ।
नेपालले यो अग्रतालार्इ कायमै राख्न सकेमा नेपाली
फुटबलमा रहेको दुर्इ दशकदेखि उपाधिको खडेरी पनि
टर्नेछ ।
नेपालले शुरुवातबाटै आक्रमक फुटबल खेलिरहेको छ ।
नेपालका लागि विमल घर्ती मगरका तीनवटा बढी
प्रयास असफल भइसकेका छन् ।
नेपालले निरन्तर आक्रमण बुनेपछि भारत डिफेन्सिफ खेल
पस्कन बाध्य भएको छ ।
पहिलो पटक भइरहेको यु-१९ साफ च्याम्पियन्सिपमा
नेपाल बलियो प्रतिद्धन्द्वी अफगानिस्तानलार्इ
पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । भारत भने
बंगलादेशलार्इ मुस्किलले हराउँदै नेपालसँग उपाधि
भिडन्त गर्न आइपुगेको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved