Home » » आदित्यले खुलासा गरे टीकापुर घटनाको रहस्य, भविष्यवाणी मिलेको दाबी

आदित्यले खुलासा गरे टीकापुर घटनाको रहस्य, भविष्यवाणी मिलेको दाबी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

स्वास्थ्यमा केही सुधार, अन्तिम रिपोर्ट आउन बाँकी
काठमाडौं, १२ भदौ । आज भन्दा ठिक एक महिना अगाडि ‘गुगल ब्वाई’ आदित्य दाहाल उपचारका लागि अमेरिका उडेका थिए । अमेरिका जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई रुँदै उनले नेपालमा ‘अनिष्ट हुने भविष्यवाणी’ समेत गरेका थिए । जून कुरा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनासँग मेल खान्छ ।
उनले भविष्यवाणी गरेको एक महिना पुगेकै दिन भदौ ७ गते टीकापुरमा एसएसपीसहित ९ जना मारिने गरी हिंसात्मक घटना भयो । हाल क्यालिफोर्निया स्थित स्ट्याण्डफोर्ड अस्पतालमा फिजियोथेरापी गरिरहेका आदित्यले आफ्नो भविष्यवाणी मिलेपछि कैलालीको टीकापुरमा भएको घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
बोल्न नसक्ने आदित्यले कागजमा हातले सन्देश लेख्दै टीकापुरको हिंसात्मक घटना घट्नुमा केही मधेसी नेता मूख्य कारण भएको खुलासा गरेका छन् । उनले टीकापुरको हिंसात्मक घटनामा केही नेताले पर्दा पछाडीबाट मनोबल दिने काम गरेको टिप्पणी गरेका छन् ।
यस्तो छ घटना भएकै दिन भदौ ७ गते आदित्यले लेखेको सन्देश :
‘देशमा द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ । आमूल परिवर्तनको आकांक्षा खरानी बनि उड्ने पो हुन् कि ? सद्भावपूर्ण सहमतिको खाँचो छ । हिंसा फैलाउन अरुलाई मनोबल दिने र निर्दोषको हत्या गराउने कार्य पर्दा पछाडीबाट भएको छ । उचित किसिमको न्यायिक सर्वमान्य सहमति गरी देशलाई रक्तक्रान्तिको भूमिमा फेरि परिणत हुन नदिनु नै हाम्रो र हामी आम राष्ट्रसेवकको दायित्व बनेको छ ।’
यस्तै, उपचारका क्रममा अमेरिका पुगेका आदित्यको स्वाथ्यमा समेत केही सुधार आएको आदित्य संरक्षण प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईले बताए । उनका अनुसार आदित्यको स्वास्थ्यको सबै परीक्षण भएपनि अन्तिम रिपोर्ट आउन बाँकी छ । उनलाई सधैं हाँसिरहने स्वभावले डाक्टरहरुले ‘ह्याप्पि व्वाई’ को उपाधि दिएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved