भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडाैं, भदाै ९ । गत बिहीबार प्रहरीको
इन्काउन्टरमा मारिएका गुन्डानाइके कुमार घैँटेको
व्यावसायिक पार्टनर राजेश कार्की पक्राउ परेका
छन् ।
घैँटेको सम्पत्ति अनुसन्धान गर्ने क्रममा महानगरीय
अपराध महाशाखाले घैंटेका सहयोगी कार्कीलाई
सोमबार पक्राउ गरेको हो । कार्कीलार्इ प्रहरीले
अाजै सार्वजानिक गर्ने बताएकाे छ ।
घैँटेसँग मिलेर उनले विभिन्न व्यवसाय गर्दै आएका थिए ।
लाजिम्पाटको फ्राइडे रेस्टुरेन्टका सञ्चालक रहेका
कार्कीले नै घैँटेको आर्थिक कारोबार मिलाउने
गरेको सूचनाका आधारमा महाशाखाले उनलार्इ
पक्राउ गरेको हो ।
उनकै फ्राइडे रेस्टुरेन्टमा घैँटेले ठेकदारहरूलाई बोलाएर
धम्क्याउने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
कार्कीले ट्राभल एजेन्सीका नाममा १०/१२ करोडको
अस्वाभाविक कारोबार गरेको अनुसन्धानमा खुलेको
प्रहरीले जनाएको छ ।
करिब १० वर्षअघि सामान्य जागिर गर्ने कार्कीको
हाल करोडौँको सम्पत्ति भेटिएको छ । महाशाखाले
नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान
विभागसँग मिलेर अनुसन्धान अघि बढाएको छ । घैँटेले
चलाउँदै आएको गजुरमुखी कन्स्ट्रक्सनमा भने कार्कीको
आफ्नै नाममा सेयर भेटिएको छैन ।
कांग्रेस सभासद् जगदीश्वरनरसिंह केसीकी
श्रीमतीलगायत सातजनाको नाममा सो कम्पनीमा
सेयर रहेको खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानमा
आबद्ध प्रहरीका अनुसार घैँटेसँग करोडौँको सम्पत्ति
भए पनि आफ्नै नाममा भने कमै मात्र भेटिएको छ ।
सहयोगी र आफन्तका नाममा पनि गुन्डागर्दीबाट
कमाएको रकम जम्मा गरेको आशंकामा महाशाखाले
छानबिन थालेको छ ।
(उल्लेखित तस्विर इन्काउन्टरमा मारिएका गुन्डा
नाइके कुमार घैंटेकाे हाे)

0 comments:
Post a Comment