Home » » बुधबार सुनको मूल्य ह्वात्तै घट्यो

बुधबार सुनको मूल्य ह्वात्तै घट्यो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, ९ भदौ । गएको हप्ता २४ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार ह्वात्तै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ८ सय रुपैयाँले घटेको हो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै बुधबार सुन प्रतितोला ५१ हजार रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुन ५१ हजार ८ सय रुपैयाँ र चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएकाले नेपालमा पनि मूल्य घटेको महासंघले जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved