Home » » हिंसात्मक घटनापछि टीकापुरका थारु युवा धमाधम घर छाडेर यसरी भाग्न थाले, गाउँ नै रित्तिदै...

हिंसात्मक घटनापछि टीकापुरका थारु युवा धमाधम घर छाडेर यसरी भाग्न थाले, गाउँ नै रित्तिदै...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


स्थानीयमा अझै डरत्रास, शान्तिसुरक्षाको
प्रत्याभूति भएन्...
धनगढी, १२ भदौ । गत सोमबार टीकापुरमा आठ जना
सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी
भएको घटना तथा भोली पल्ट मंगलबार कफ्र्यूकाबीच
भएको आगजनीका कारण असुरक्षित महसुस गरी
स्थानीयले धमाधम आफ्नो थातथलो छाड्न थालेका
छन् ।
अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबिच आपसमा बैमनष्यता
उत्पन्न भई असहजस्थिति भएपछि टीकापुर, मुनुवा,
जोशीपुर, धनसिंहपुर लगायतका क्षेत्रबाट पहाडी
तथा थारु समुदायले आफ्नो थातथलो छाडेर अन्यन्त्र
गएका हुन् ।
थारु बाहुल्यता क्षेत्रमा रहेका पहाडी समुदाय तथा
पहाडी समुदायको बाहुल्यता क्षेत्रमा रहेका थारु
समुदाय यतिबेला घरमा वस्तुभावहरु छाडेर आफ्नो पकड
क्षेत्रमा रहेका आफन्तजन कहाँ गएर बसेका छन् ।
कोही पूरै घरपरिवार सहित त कोही घरमा बृद्धबृद्धा,
अशक्त र बालबालिकालाई छाडेर पलायन भएका छन् ।
पहाडी समुदाय भन्दा गाउँ छोडेर पलायन हुनेमा थारु
समुदायका बढी रहेको भुक्तभोगीको भनाई छ ।
थरुहट पक्षले आठ सुरक्षाकर्मीसहित एक नाबालकको
हत्या गरेपछि उनीहरुमा प्रहरी प्रशासनका अलावा
पहाडी समुदायको पनि डरका कारण धेरैजसो युवाहरु
भारत तथा अरुहरु आफ्नो समुदायको पकड रहेको
क्षेत्रमा गएको स्वयम् प्रहरीको भनाई छ ।
शान्तिसुरक्षाका लागि भनेर ठूलो संख्यामा
नेपाली सेना, सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी समेत
परिचालित भएपनि धेरैजसोले असुरक्षित ठानी
थातथलो छाडेर अन्यन्त्र गएको मुनुवा हरिश चौधरीले
बताए ।
शान्तिपूर्ण आन्दोलन एकाएक हिंसामा परिणत
भएपछि दुबै पक्षका समुदाय त्रास उत्पन्न भई प्राय
गाउँ युवाबिहीन भएको चौधरीको भनाई छ ।
दुबै समुदायले आफू कमजोर भएको ठानेको गाउँठाउँ
छाडेर भारतका विभिन्न ठाउँ तथा कञ्चनपुर,
बर्दियाको राजापुर, धनगढी, लम्की, राजापुरस्थित
आफन्तजनका घरमा शरण लिएका छन् ।
घर छाडेर जंगलमा लुकेका थारु अगुवाहरु पत्रकारसँग ।
यसरी थातथलो छाड्ने थारु समुदाय बढी रहेका छन ।
धेरैजसो थातथलो छाड्नेमा दुर्गौली, मुनुवा,
जोशीपुर, मनिकापुरलगायतका युवाले रहेका छन । यी
ठाउँमा हाल बृद्धबृद्धा, अशक्त, महिला र
बालबालिका मात्र रहेको बताइएको छ ।
शान्तिसुरक्षाको कारण जनाई थातथलो नै छाड्नुपर्ने
अवस्थाको अन्त्य गरी सबैलाई शान्तिसुरक्षाको
प्रत्याभूति गराउन टीकापुरका नागरिक अगुवाले
सरकारलाई आग्रह गरेका छन् ।
जनताकै शान्तिसुरक्षाका लागि भनेर सेना सहितको
टोली खटिएको हो । कसैले पनि शान्तिसुरक्षाको
कारण जनाई घरबारै नछोड्न कैलाली प्रहरी प्रमुख
एसपी बिक्रबहादुर चन्दले बताए । उनले स्थितिलाई
सहज पार्ने प्रयास भइरहेको छ भने ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved