भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । पछिल्लो समय युवायुवतीहरुको यौनसम्पर्क
राख्ने गन्तव्य सिनेमाघर बन्न थालेको छ ।
शनिबार प्रहरीले राजधानीका विभिन्न हलहरुबाट
२३ जनालाई आपत्तिजनक अवस्था रंगेहात समातेपछि
यस्तो रहस्य बाहिर आएको हो । घटना भारतको
राजधानी नयाँदिल्लीको हो । दिल्लीको शंकर
सिनेमा हलमा चलिरहेको फिल्म ‘अल इज वेल’ हेर्न
आएका दर्शकमध्ये २३ जनालाई सिविल ड्रेसमा हलमा
पुगेको प्रहरीले उनीहरुलाई आपत्तिजनक स्थितीमा
पक्राउ गरेको हो ।
पक्राउ परेका युवायुवती हलमै शारीरिक सम्बन्ध
राख्ने तयारी थिए, त्यही क्रममा प्रहरीले समातेको
हो । पक्राउ परेकामध्ये १३ पुरुष र १० महिला रहेका छन्
। अन्य केही महिलाहरु भने प्रहरीले समात्न खोज्दा
भागेका थिए ।
प्रहरीले सबैलाई पक्राउ गरेर चौकीमा ल्याएर
परिवारलाई खबर पठाएको छ । एएसपी भास्कर
मुखर्जीका अनुसार पछिल्लो समय राजधानी तथा
अन्य सहरहरुमा फिल्म हेर्ने बहानामा युवायुवतीहरु हलमै
शारीरिक सम्पर्क राख्न जाने गरेका छन् । परिवारको
सहमतिमा उनीहरुलाई पहिलो पटक सम्झाई बुझाई
गरी जमानतमा छाडिने एएसपी मुखर्जीले बताए ।
0 comments:
Post a Comment