Home » » यस्तो बन्ने भयो ६ प्रदेशको संघीय नेपाल (नक्सासहित)

यस्तो बन्ने भयो ६ प्रदेशको संघीय नेपाल (नक्सासहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २१ साउन । नयाँ संविधानको मुख्य
विवादित विषय सीमांकन र नामांकनमा लगभग
सहमति जुटिसकेको छ ।
राजनीतिक सम्वाद तथा सहमति समितिका
सभापति डा बाबुराम भट्टराई नेतृत्वमा गठन भएको
शीर्ष नेता सम्मिलत विशेष समितिले बैठकमा लगभग सबै
बिषय सहमति नजिक पुगेको बैठकमा सहभागी नेताले
बताएका छन् ।
बैठकमा नेपाली काँग्रेसका सभापति एवम्
प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका
अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष
विजयकुमार गच्छेदारका साथै चारै पार्टीका
दोस्रो तहका नेताहरु सहभागी छन् ।
बैठकले प्रस्तावित ६ प्रदेशमा सहमति जुटाइसकेको छ ।
जसअनुसार अब ६ प्रदेश संघीय नेपाल बन्ने भएको छ । ६
प्रदेश बनाउने सहमति भएपनि दलहरुबीचको मुख्य
विवाद सीमांकनमा भने अझै सहमति भइसकेको छैन् ।
तर, सहमति नजिक पुगेका छन् ।
आज दिनभरी सीमांकनको टुङ्गो लागिसक्ने सम्वाद
समितिका सभापति भट्टराई बुधबार बेलुका
सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।
जसअनुसार आज विहान ९ बजेदेखि विशेष समितिको
बैठक सिंहदरबारमा बसिरहेको छ ।
बैठकबाट बाहिरिएका नेताका अनुसार सीमांकनको
मुख्य विवाद सुदूरपश्चिममै रहेको छ । कैलाली
जिल्लालाई सुदूरपश्चिमै राख्ने कि अलग्याएर
नवपरासीमा जोड्ने भन्ने विषयमा विवाद छ । तर,
अन्य प्रदेशमा भने प्रस्तावित ढाँचा अनुसार नै सहमति
भइसकेको छ ।
विशेष समितिमा प्रस्तावित ६ प्रदेशको ‘मोडल’
यसप्रकार छ :
सीमांकन विवाद अन्तिम चरणमा, नाम राख्ने
जिम्मा प्रदेशसभालाई
प्रदेश १
झापा, मोरङ, सुनसरीसहित पूर्वका पहाडी जिल्ला
प्रदेश २
सप्तरीदेखि पर्सासम्म
प्रदेश ३
रामेछाप, दोलखा, काभ्रे, नुवाकोट, रसुवा,
काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवनसम्म
प्रदेश ४
नवलपरासीदेखि बर्दियासम्म
प्रदेश ५
गोरखादेखि प्युठानसम्म
प्रदेश ६
कैलाली, कन्चनपुर, सल्यानदेखि माथि,
कर्णालीसहित
टुंगिन बाँकी
– भारतको पहुँच जोड्न गोरखादेखि प्युठानसम्मको
प्रदेशमा ।
– नवलपरासीको गैडाकोट-दाउन्नेसम्म भाग राख्ने
कि नराख्ने ?
– कैलालीको थारू समुदाय रहेको भूभाग मधेस प्रदेशमा
राख्ने नराख्ने ।
– सप्तरीलाई पूर्वको प्रदेशमा राख्ने नराख्ने ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved