भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भीमदत्तनगर, २१ साउन । भाउजुसँगको जग्गा
विवादका कारण कञ्चनपुरको बेलौरी
नगरपालिकामा एक दम्पतीले एकैघरका भाउजुलाई
कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले
जनाएको छ ।
गत शुक्रबार देवर र देउरानीको कुटाइबाट घाइते भएकी
बेलौरी नगरपालिका–१० की ५० वर्षीया
रामलल्ली बोटको उपचारका क्रममा मृत्यु भएको
थियो ।
प्रहरी अनुसन्धानबाट मृतक बोटलाई देवर वीरबहादुर
बोट र देउरानी उर्मिला बोटले जग्गा विवादका
कारण कुटपिट गर्दा मृत्यु भएको देखिएको जिल्ला
प्रहरी कार्यालयका प्रहरी उपरीक्षक किशोर कुमार
दाहालले बताउनुभयो ।
“मृतकबाट अंश छिन्न हत्या गरिएको देखिन्छ,”
दाहालले भन्नुभयो – “अभियुक्तलाई सर्वस्वसहित कैद
हुन सक्छ ।” अभियुक्त बोट दम्पतीलाई प्रहरीले
नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि
बढाइसकेको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न
थप एकजना फरार रहेको छ ।
चोरीमा ज्वाइँ, छोरी र ससुरा पक्राउ
त्यसैगरी, प्रहरीले केही दिनअघि भीमदत्तनगरको
इन्टरनेसनल हायर सेकेन्ड्री स्कुलको चमेनागृह र
लोकप्रिय सुनचाँदी पसलमा चोरी गर्ने
तीनजनालाई नियन्त्रणमा लिएको छ ।
चोरीमा संलग्न लक्ष्मण सुनार, शारदा लुहार र
प्रकाश बोहरालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार लक्ष्मण शारदाका बुबा र
प्रकाशका ससुरा हुन् । तीन जनाको समूहले
चमेनागृहबाट रु १० हजार नगद र मोबाइल सेट चोरेका
थिए भने सुनचाँदी पसलबाट अन्दाजी सात÷आठ
तोला सुन चोरेका थिए । रासस
0 comments:
Post a Comment