Home » » नेपाल बन्द कहिलेसम्म ? हामी चुप जहिलेसम्म…

नेपाल बन्द कहिलेसम्म ? हामी चुप जहिलेसम्म…

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

प्रकाश सिलवाल काठमाडौँ, ३१ साउन ।
“बन्द भनेर के गर्नु ? बा
बिरामी हुनुहुन्छ, हिँड्नै प¥यो ।” सामाखुसीबाट
हिँडेर वीर अस्पताल आइपुगेका सुधा मैनालीको
गुनासो हो यो । उहाँका पिता डम्बर मैनाली गत
सातादेखि आन्द्राको समस्याका कारण अस्पताल
भर्ना हुनुभएको थियो । एक हातमा झोला र अर्काे
हातमा छाता बोकेर सुधाले करिब एक घन्टा पैदल
यात्रा गर्नुपरेको थियो । घर फर्कंदा पनि गाडी
पाउने निश्चित छैन । गर्मीयाममा लामो बाटो
हिँडेर पुग्नुपर्दा सुधामात्र होइन धेरै सर्वसाधारणले
आज यस्तै सास्ती भोग्नुपरेका दृश्य देखिए ।
तुलनात्मक रुपमा कम हिंसात्मक भए पनि आजको
बन्दमा नगन्य मात्रामा मात्र सार्वजनिक
यातायात चल्दा आवागमनमा समस्या देखियो ।
फाट्टफुट्ट चलेका गाडीले पनि रु १५ को सट्टा रु २०
देखि ३० सम्म भाडा लिने गरेको पाइयो । कतिपय
सर्वसाधारण भने गाडी वा मोटरसाइकल चढ्दा
असुरक्षा हुने त्रासले हिँड्नै जोसिएको पनि पाइयो ।
बिहानै पत्रकार ऋषि धमला चढेको गाडीमा आक्रमण
भए । त्यस्ता समूहलाई प्रहरीले पक्राउ गरे पनि
तोडफोडका घटनामा कमी भएको पाइएन ।
आफ्नो अधिकार प्राप्तिका लागि शान्तिपूर्ण
प्रदर्शन गर्न पाउने हक सबैको हुन्छ तर विरोधका
क्रममा बन्द÷हडतालको विकल्प नखोजिएपछि
त्यसको मार झेल्न सर्वसाधारण बाध्य हुँदै आएका छन् ।
नयाँ संविधान जारी हुने प्रक्रिया र प्रमुख दलहरुबीच
भएको सहमतिको विरोधमा आज नेकपा–माओवादी
नेतृत्वको ३३ दलीय मोर्चा र विभिन्न मधेसकेन्द्रित
दलले आयोजना गरेको ‘नेपाल बन्द’ बाट पनि
सार्वजनिक यातायात, शिक्षालय, बजार र उद्योग
कलकारखाना प्रभावित भएका छन् ।
लोकतान्त्रिक आन्दोलनयता बन्द हडतालका
कार्यक्रम नगर्ने भनी प्रमुख दलले निर्वाचनका समयमा
प्रतिबद्धता जनाएको भए पनि विभिन्न समयमा
ठूला दलबाट पनि बन्द हुने गरेका छन् ।
संविधानसभाभित्र र बाहिर रहेका अन्य दल, समूह र
भ्रातृ संस्थाले पटक पटक गर्दै आएका बन्दले सर्वसाधारण
नेपाली दिक्क भइसकेका छन् । यसको बढी मार काम
गरेर खानेलाई नै पर्र्दै आएको छ ।
दिगो शान्ति, समृद्धि, राज्य पुनःसंरचना र नयाँ
नेपाल निर्माणको सङ्कल्पका साथ नयाँ
संविधानको अन्तिम मस्यौदा लेखन कार्य भइरहेका
समयमा गत सातादेखि नै विभिन्न जिल्लामा फरक
फरक माग र चाहनाका साथ बन्दका कार्यक्रम
चलिरहेका छन् । मुख्य गरी प्रदेशको सीमाङ्कनका
क्रममा तराई मधेसकेन्द्रित प्रदेशको मागका साथै
अखण्ड सुदूरपश्चिम र अखण्ड मध्यपश्चिम तथा
कणालीको अलग प्रदेशका माग उठिरहेका छन् ।
जनताका जायज र तर्कयुक्त मागलाई संविधान जारी
गर्ने क्रममा सम्बोधन गरिने शीर्ष नेताबाट
प्रतिबद्धता आए पनि विरोधका कार्यक्रम
रोकिएका छैनन् । त्यसमा पनि आन्दोलनमा घुसपैठ
गरी सुर्खेतमा झैँ हिंसा भड्काउने पक्षले पनि
नेपालीको शान्तिप्रतिको आशामा तुषारापात
गरिरहेको प्रमुख दलका नेताको टिप्पणी पनि आउने
गरेको छ ।
बन्दको विकल्प खोज्न ‘विवेकशील नेपाली’
पार्टीलगायत विभिन्न समूहले ‘नेपाल बन्द कहिलेसम्म,
तपाईं हामी चुप कहिलेसम्म ?’ जस्ता नारा र
प्लेकार्डसहित सडकमा उभिएर अभियान चलाएको छ ।
हरेक बन्दका समयमा बन्दको विकल्प खोज्न
आह्वानसहित स्वयम्सेवी रुपमा आफूहरु उभिने गरेको
अभियानका सदस्य पुकार बमले बताउनुभयो ।
अभियानमा लागेका युवाले आज पनि काठमाडौँको
माइतीघर मण्डला र मुलुकका विभिन्न स्थानमा
बिहान १० देखि ११ बजेसम्म एक घन्टा बन्दको
शान्तिपूर्ण विरोध गरेका थिए । उनीहरुले बन्दमा
सवारी साधन चढेर हिँडेकालाई हात हल्लाएर
धन्यवाद दिइरहेका थिए । उनीहरुले आफूहरुले पनि
साधन चढेरै गन्तव्यमा जाने गरेको जनाए । सो
पार्टीका कार्यपालिका मामिला प्रमुख
अर्जुनसिंह ठकुरीले झापामा युवाले विद्यालय
खुलाएको र पोखरामा पनि बन्द खुलाउन वातावरण
बनिरहेको बताउनुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved