भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
३१ साउन, काठमाडौं ।
सङ्घीय समाजवादी फोरम, नेपालले संविधान
मस्यौदा र विभेदकारी सीमाङ्कनविरुद्ध आह्वान
गरिएको शान्तिपूर्ण नेपाल बन्दका क्रममा प्रहरीले
हस्तक्षेप गरी सङ्घीय समाजवादी फोरम नेपालका
सह–अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत देशभरिबाट सयौँ
नेता तथा कार्यकर्तालाई पक्राउ गरेको घटनाको
विरोध गरेको छ ।
सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज एक
विज्ञप्तिमा भनेका छन्–“अधिकार प्राप्तिका
लागि शान्तिपूर्ण बन्द तथा प्रदर्शन गर्न पाउने
लोकतान्त्रिक अधिकार भएकाले शान्तिपूर्ण
गतिविधिमा हस्तक्षेप नगर्न र पक्राउ परेकालाई
तत्काल रिहा गर्न सरकारसँग माग गर्दछु ।
उनले शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी हस्तक्षेप
नरोकिए आफनो पार्टी कडा प्रतिकारमा उत्रिन
बाध्य हुने चेतावनी दिएका छन् ।
बन्दका क्रममा एम्बुलेन्स सेवा, दुग्ध तथा अतिआवश्यक
सेवा, सुरक्षा निकाय, दमकल, सञ्चारमाध्यम, रेडक्रस,
मानवअधिकारलगायतको सवारीसाधनमा अवरोध
नपुर्याउन पार्टी पङ्क्तिलाई आह्वान गर्दै अध्यक्ष
यादवले यी सेवालाई अवरोध गर्ने पार्टीको
त्यस्तो कुनै नीति नरहेको प्रस्ट पारेका छन् । रासस

0 comments:
Post a Comment