Home » » सशस्त्र र नेपाल प्रहरीबीच झडप, दवैतर्फ गरी चार घाइते....

सशस्त्र र नेपाल प्रहरीबीच झडप, दवैतर्फ गरी चार घाइते....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पर्वत, साउन २४ – ड्युटी समयमा पर्वत सदरमुकाम
कुश्माबजारमा घुमिरहेको प्रहरी टोली र सिभिल
पोसाकमा रहेका सशस्त्रबीच झडप हुँदा चारजना
घाइते भएका छन् । नेपालकै अग्लो कुश्माकैया झोलुंगे
पुलनजिकै झडप भएको हो ।
शनिबार साँझ करिब ६ बजे जिल्ला प्रहरी
कार्यालय पर्वतबाट ड्युटीमा खटिएको प्रहरी
टोली र सशस्त्र प्रहरी बल चण्डिका गणका
सशस्त्रबीच विवाद भएको थियो । के विषयमा
विवाद भएको भन्ने खुल्न सकेको छैन । तर, मदिरा सेवन
भएकै कारण झडप भएको स्रोतले बताएको छ ।
घाइते हुनेमा सशस्त्र प्रहरी हवल्दार खगेन्द्रप्रसाद
जोशी र तारा सुनार छन् । नेपाल प्रहरीका नमबहादुर
गुरुङ र डोलराज थापा पनि घाइते छन् । विवाद
उत्पन्न भएपछि ड्युटीमा रहेको नेपाल प्रहरीको समूहले
सशस्त्र प्रहरीलाई बन्दुकको नालले हानेको जनाइएको
छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved