भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, साउन २३ – संविधान निर्माणको
आधार तयार गरेको १६ बुँदे सम्झौताका
हस्ताक्षरकर्तामध्ये एक मधेशी जनाधिकार फोरम
लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारले अहिले
दलहरुबीच भएको भनिएको ६ प्रदेशको सहमतिमा
हस्ताक्षर नगर्ने बताएका छन् ।
रातोपाटीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष गच्छदारले
कुनै पनि हालतमा मधेशका जिल्ला पहाडमा
मिलाउन नहुने बताए । अहिले पूर्वमा झापा, मोरड्ड,
सुनसरी र पश्चिममा कैलाली र कञ्चनपुरलाई पहाडका
जिल्लाहरुसँग मिलाइएको छ । उनले अहिले पूर्ण सहमति
नबनेको पनि जानकारी दिए ।
सिंहदरवारमा अझै दलहरुबीच छलफल जारी छ ।
त्यस्तै, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष
सरद्सिंह भण्डारीले पनि ६ प्रदेशमा आफूहरुको
असहमति रहेको बताए ।
यता, सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले पनि ६
प्रदेशमा सहमति भएको हो भने त्यसको कडा विरोध
हुने चेतावनी दिए ।
यता लम्जुड्डमा रहेका मधेशी जनाधिकार फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादवले भने गच्छदारको
असहमतिलाई मन्त्रालयको बार्गेनिङको संज्ञा
दिएका छन् । उनले ६ प्रदेशको
खाका कुनै पनि हालतमा आफूहरुले स्वीकार नगर्ने
बताउँदै पहिलेदेखि आन्दोलित रहेको मधेशी जनतालाई
आन्दोलनको बाटो खोलिदिएको बताए ।
भोलीदेखि नै यसको सशक्त विरोध हुन्छ, उनले भने ।

0 comments:
Post a Comment