भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १३ भदौ । नेपाल र दक्षिण कोरियाबीच
रोजगार अनुमति प्रणाली (ईपीएस) को श्रम
सम्झौता नवीकरण भएको छ ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र
कोरियाका श्रम तथा रोजगार मन्त्रालयका भाइस
मिनिस्टर खो योङ सुनले दुई वर्षका लागि दुईपक्षीय
सम्झौता शुक्रबार नवीकरणमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरका क्रममा मन्त्री गुरुङले नेपाली
कामदारको कोटा बढाउन अनुरोध गर्नुका साथै
नेपाली कामदारको बारेमा निःशुल्क हवाई टिकट
माग गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
उनले अदक्ष कामदार मात्र होइन इन्जिनियर, नर्स
आदि दक्ष कामदारलाई रोजगार दिन प्रस्ताव गरेका
थिए । त्यस्तै मन्त्री गुरुङले ईपीएस आवेदन गर्ने उमेर हद
वृद्धि १९ वर्षदेखि ४५ वर्षसम्म बनाउन प्रस्ताव गरेका
थिए ।
उनले कामदारको परिवारलाई बेलाबेला भ्रमण गराउन
पाउने प्रावधान र खाडी क्षेत्रमा कन्स्ट्रक्सनमा
कामको अनुभव भएका कामदारहरूलाई कोरियामा
रोजगार दिन प्रस्ताव गरेका छन् ।
नेपालका तर्फबाट राखिएका प्रस्तावहरू
कोरियाली पक्षले सकारात्मक रहेको छ । निःशुल्क
हवाई टिकटबारे जवाफ दिंंदै मिनिस्टर सुुनले निःशुुल्क
टिकट १५ देशका कामदारलाई नै दिनुपर्ने भएकाले
समस्या हुने जानकारी गराएका थिए ।
जवाफमा मन्त्री गुरुङले सुरुमा हवाई टिकट
रोजगारदाता उपलब्ध गराएर पछि कामदारको
तलबबाट कट्टा गर्ने प्रस्तावलाई सुुनले सकारात्मक
लिएका थिए ।
मिनिस्टर सुुनले अहिले कम्स्ट्रक्सन क्षेत्रमा कोरियन
चाइनिज र कोरियन मजदुरहरू कार्यरत भए पनि दक्ष
नेपाली कामदारलाई लिन सकिने बताए ।

0 comments:
Post a Comment