Home » » विजय गच्छदारले भने-‘बन्दुकबाट गोली निस्किसक्यो, अब कुनै हालतमा रोकिँदैन्’

विजय गच्छदारले भने-‘बन्दुकबाट गोली निस्किसक्यो, अब कुनै हालतमा रोकिँदैन्’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १३ भदौ । मधेसी जनअधिकार फोरम
लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संविधान
निर्माण प्रक्रिया अब कुनै हालतमा पनि नरोकिने
बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान
बसेको शीर्ष चार नेताको बैठकबाट बाहिरिँदै
गच्छदारले विभिन्न आन्दोलनबाट संविधान निर्माण
प्रक्रिया रोक्न माग आइरहेका बेला गच्छदारले कडा
शब्दमा अब कुनै हालतमा पनि संविधान बनेरै छाड्ने
बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘संविधान निर्माणको प्रक्रिया अब
अन्तिम चरणमा छ, यसलाई रोक्न एकदमै असम्भव छ,
जसरी बन्दुकबाट गोली निस्केपछि कहि पनि
रोकिँदैन् त्यसरी नै संविधान निर्माण प्रक्रिया अब
कुनै हालतमा पनि रोकिँदैन् ।’
उहाँले संविधानको परिमार्जित विधेयकमा आज
छलफल सकिने लागेको बताउँदै अब ७ दिनभित्रमा
असन्तुष्ट सबै पक्षलाई वार्तामा ल्याउने प्रयास गरिने
बताउनुभयो । ‘शीर्ष नेतृत्वको बैठकमा आन्दोलनरत
पक्षलाई सहमतिमा ल्याउन ७ दिनको समय
छुट्याइएको छ,’ उहाँले भन्नुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved