भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १३ भदौ ।
उपचारका लागि अमेरिका पुर्याइएका बालक
आदित्य दाहालको स्वास्थ्यमा झिनो सुधार आएको
छ ।
क्यालिफोर्नियाको स्ट्याण्डफोर्ड अस्पतालका
फिजियोथेरापी गरिरहेका आदित्यले कैलालीको
टीकापुरमा भएको हिंसात्मक घटनालाई ‘पर्दा
पछाडीको खेल’ भनेका छन् ।
केहि दिनयता उनी हात माथि लैजान र सुत्दापल्टिन
सक्ने भएको आदित्य संरक्षण प्रतिष्ठानका उपाध्यक्ष
लक्ष्मीप्रसाद प्रसाईले बताए । आदित्यका
बुवाआमासित नियमित सम्पर्कमा रहेका उनले भने- ‘तर
अहिलेसम्म शारीरिक दुर्बलताको कारण पहिचान हुन
सकेको छैन । डाक्टरहरुले कुनै औषधी चलाएका पनि छैनन्
।’
हालसम्म गरिएका सबै परिक्षणका रिपोर्टहरु
सामान्य छन् । छाति र घाँटीको इन्डोस्कोपी
गर्दा कुनै खराबी देखिएन । यद्यपी केहि महत्वपूर्ण
परिक्षणहरुको रिपोर्ट आउन बाँकी छ । सबै रिपोर्टहरु
आएपछि मात्रै निस्कर्षमा पुग्ने र औषधी सिफारिस
गर्ने उनीहरुको भनाइ छ । डाक्टरहरुले पोषण नपुगेको
भन्दै ‘ब्यालेन्स डाइट’ सुरु गरेका छन् ।
आदित्यका परिबार हाल अमेरिकामा एक आफन्तको
घरमा बसिरहेका छन् । उनलाई दैनिक थेरापीका
लागि अस्पताल लैजाने गरिएको छ । सधैं हाँसिरहने
स्वभावका कारण आदित्यलाई डाक्टरहरुले ‘ह्याप्पि
व्वाई’ को संज्ञा दिएका छन् ।
राजदूतले भेटे
अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन
कार्कीले स्ट्याण्डफोर्ड अस्पताल पुगेर आदित्यलाई
भेटेका छन् । उनले आदित्यलाई हेरिरहेका डाक्टरहरुसित
परामर्श समेत गरेका थिए । उनले बालकको उपचारमा
कुनै पनि कसर नछाड्न डाक्टरहरुलाई आग्रह गरे ।
आदित्यका बुवा शेषराज दाहालसितको
कुराकानीमा उनले उपचारका लागि सरकारले
सहयोग जारी राख्ने बताए । राजदूत हुनुपुर्व शहरी
विकासको सचिव छँदा आदित्यको घरमै गएर उनलाई
भेटेका थिए । कार्कीलाई देखेपछि आदित्यले कपी
मागेर लेखेका थिए- ‘अर्जुन सर, सहर सफा राखौं ।’
कैलाली घटनाबारे आदित्य
अमेरिका बसाईका क्रममा पनि आदित्यले सन्देशमुलक
टिप्पणीहरु लेख्ने क्रम जारी राखेका छन् । केहि
दिनअघि कैलालीमा भएको हिंसात्मक घटनाका
विषयमा पनि उनले लेखेका छन् । सो घटनामा
पर्दापछाडीबाट मनोबल दिने काम भएको उनको
टिप्पणी छ ।
आदित्यले ७ भदौमा लेखेको सन्देश यस्तो छ-‘देशमा
द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ । आमूल
परिवर्तनको आकांक्षा खरानी बनि उड्ने पो हुन्
कि ? सद्भावपूर्ण सहमतिको खाँचो छ । हिंसा
फैलाउन अरुलाई मनोबल दिने र निर्दोषको हत्या
गराउने कार्य पर्दा पछाडीबाट भएको छ । उचित
किसिमको न्यायिक सर्वमान्य सहमति गरी देशलाई
रक्तक्रान्तिको भूमिमा फेरि परिणत हुन नदिनु नै
हाम्रो र हामी आम राष्ट्रसेवकको दायित्व बनेको छ
।

0 comments:
Post a Comment