भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा
नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा
पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना
हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा
एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना
अविवाहित महिला छन् ।
ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् ।
महिलाले नै भरिएको त्यो सहरमा महिलाकै
बोलवाला छ । तर भएर के गर्नु ? पुरुष नपाएर
अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले
हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित
केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै ।
ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत
यस्तै छ ।
केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका
कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे
गर्नैपर्ने अवस्थामा छन् । अस्ट्रेलियामा पनि
पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक
अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना
महिलामा केवल ९८ जना मात्र पुरुष छन् ।
यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि
दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा
६० हजार बढि महिला छन् भिक्टोरियामा । यता
चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको
संख्या बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५
प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो
पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ । एजेन्सी
0 comments:
Post a Comment