Home » » आइएसले सेक्स गर्न अस्विकार गरेको भन्दै १९ महिलालाई दियो मृत्युदण्ड....

आइएसले सेक्स गर्न अस्विकार गरेको भन्दै १९ महिलालाई दियो मृत्युदण्ड....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बेरुत । आतंककारी संगठन आइएसआइएस (इस्लामिक
स्टेट)ले एकपटक फेरि १९ महिलालाई निकै
निर्ममतापूर्वक मारेका छन् । जिहादीसँग सेक्स गर्न
अस्विकार गरेका कारण उनीहरुलाई इस्लामिक स्टेटले
इराकको मोसुलमा मारेका हुन् ।
कुर्दिश पार्टीका प्रवक्ता मिमोसिनीले घटनाको
पुष्टि गर्दै संगठन भित्रै र्याङ्किङको आधारमा कम
उमेरका किशोरी र महिलाहरुलाई खरिद–बिक्रि
भइरहेको छ । उनले एक इराकी न्यूज एजेन्सीलाई भने,
‘पछिल्लो दुई दिनमा १९ महिलाहरुको हत्या
गरिसकेका छन् । यी सबैले सेक्सुअल जिहादमा संलग्न हुन
अस्विकार गरेका थिए । ’ अधिकारीका अनुसार यो
घटना १ अथवा २ अगस्टमा गरिएको हो ।
मिमोसिनीले इस्लामिक स्टेटका आधिकारीलाई
महिलाहरु उपहारको रुपमा दिइने गरेको बताए ।
उनका अनुसार हज्जारौं महिलाहरुलाई कैद गरेर
राखिएको छ र पटक पटक बेचिने गरिन्छ अथवा भिन्न
भिन्न अधिकारीहरु अथवा पुरुषलाई उपहारको रुपमा
दिइन्छ । यी महिलाहरुसँग पटकपटक दुष्कर्म गरिन्छ र
यदि उनीहरुले सेक्स गर्न अस्विकार गरे उनीहरुलाई
कडा सजायँ दिइन्छ ।
जति उमेर त्यति मूल्यः
कुर्दिश डेमोक्रेटिक पार्टीको दाबीभन्दा पहिले
यूनाइटेड नेशनले सेक्स स्लेभका लागि बेचिने महिलाको
मूल्य सूची जारी गरेको थियो । यसको अनुसार
महिलाको मूल्य उनीहरुको उमेरको हिसाबले
गरिन्थ्यो । उमेर जति कम हुन्थ्यो उनीहरुको मूल्य
त्यति धेरै हुन्थ्यो । उमेर धेरै भएका महिलाहरुको मूल्य
भने कम निर्धारण गरिएको हुन्थ्यो । यो मूल्यसूची
अनुसार १ देखि ९ वर्ष उमेरको बच्चाको मूल्य १६५ डलर र
२० वर्षभन्दा कम उमेरका युवतीको १२४ डलर । ४०
वर्षसम्मका महिलाको ४१ डलरमा किन बेच हुने गर्दछ ।
फिरौती माग्नको लागि पनि गरिन्छ किनबेचः
यूएनमा ‘सेक्रेटी–जनरल फर सेक्सुअल वायलेन्स’ की
स्पेशल रेप्रिजेन्टेटिभ जैजब बांगुराका अनुसार इराक र
सिरियाको युद्धग्रस्त इलाकामा महिलालाई
‘पेट्रोल क्यान’ को रुपमा खरिद बिक्रि गरिन्छ ।
उनको भनाई अनुसार आतंककारीले महिलाले उनको
परिवारसँग फिरौती रकम माग्नको लागि पनि
खरिद गर्ने गर्दछन् ।
म्यारिज ब्यूरोको मद्दतले सजाउँछन् बजारः
बांगुरालाई मान्ने हो भने इस्लामिक स्टेटको आफ्नै
म्यारिज ब्यूरो पनि छ जसले महिलालाई बेच्ने काम
गर्दछ । यी मानिसहरुले नै महिलाको मूल्य तय गर्ने
गर्दछन् । मूल्य तोकिएपनि बजारबाट जुन मूल्य लगाइन्छ
त्यो नै तय हुने बताइएको छ । इस्लामिक स्टेटले
महिलालाई खरिद गर्नृे पहिलो् मौका आफ्ना
लडाकूलाई दिने गर्दछ । त्यसपछि धनी विदेशी
मानिसहरुलाई उनीहरुलाई किन्ने मौका दिइन्छ ।
बिक्रि गरिसकेपछि पनि यदि कोही महिलाले सेक्स
गर्न अस्विकार गर्छन् भने उनलाई मृत्युको सजायँ
दिइन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved