Home » » दुलहा दुलही खोज्न सडकमै 'म्यारिज मार्केट' (भिडियो)

दुलहा दुलही खोज्न सडकमै 'म्यारिज मार्केट' (भिडियो)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी : अहिलेसम्म तपार्इंले कयौं बस्तुको बजार देख्नु
भएको होला ? उपभोग्य सामानको, गार्इ बस्तु या
मोबाइल कम्प्युटर र अन्य विद्युतीय बस्तुको । तर
चीनको संघार्इमा भने 'म्यारिज मार्केट' लाग्ने गरेको
छ।
चीन संघार्इस्थित सडकमै रंगीविरंगी छाताले
सजाइएको यो स्थान भने म्यारिरज मार्केट हो । यो
मार्केटमा जोडी बनाउने काम गरिन्छ ।
यहाँ हरेक शनिबार र आइतबार साँझ ५ बजेपछि जोडी
खोज्ने बजार लाग्ने गर्छ ।
छातामा बिबाह गर्न योग्य युवायुवतीको
बायोडाटा कार्ड टाँसिएको हुन्छ । जहाँ केटा र
केटी खोज्नेहरुको सम्मपूर्ण विवरण उल्लेख हुन्छ । त्यो
बायोडाटा कार्डमा बिबाह योग्य युवायुवतीको
उचार्इदेखि उनीहरुका परिवारको वार्षिक
आम्दानी विवरणसमेत उल्लेख गरिएको हुन्छ ।
आफ्नो साथमा कार छ या छैन ? घर भाडाको छ या
आफ्नै ? सबै विवरण बायोडाटा कार्डमा लेखिएको
हुन्छ ।
यहाँको मार्केटमा एजेन्टले बिहेका लागि खबर या
प्रस्ताव आएमा युवायुततीका बाबुआमासम्म सन्देश
पठाइदिने गर्छन् ।
यस किसिमको मार्केट पुरै चीनमा लाग्ने गरेको छ ।
बाबुआमा स्वयम् यो मार्केटमा बसेर पनि आफ्ना
छोराछोरीका लागि जोडी खोज्न सक्छन् ।
संघार्इमा प्राय साँझ ५ बजेपछि पानी पर्ने गर्छ ।
नाता जोड्दा जोड्दै भिज्नु नपरोस भनेर यहाँ
मानिसहरु हरदम छाता लिएर बस्छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved