भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नयाँ दिल्ली, श्रावण २६ - पश्चिम अफ्रिकी मुलुक
मालीको सेभारे सहरमा रहेको राष्ट्रसंघीय शान्ति
मिसनमा कार्यरत पाइलट राजु भण्डारी
बन्दुकधारीको आक्रमणमा मारिएका छन् ।
गत शुक्रबार बिहान मालीको राजधानी
बामाकोबाट ६ सय २० किलोमिटर दूरीमा रहेको
सहर सेभारेस्थित बाइब्लोज होटलमा बसिरहेका बेला
पाइलट भण्डारीसहितको शान्ति मिसन
टोलीमाथि आक्रमण सुरु भएको अन्र्तराष्ट्रिय
समाचार एजेन्सीले जनाएका छन् । रोयर्टसका अनुसार
पछिल्ला बर्षमा इस्लामिक अतिवादी समूहको
बर्चस्व बढ्दै गएको सेभारेस्थित होटलमा भएको
बन्दुकधारीको हमलाबाट दुईजना युक्रेनियन, एकजना
नेपाली, एकजना दक्षिण अफ्रिकी र एक मालियन
चालकको निधन भएको थियो ।
होटलमा रहेका राष्ट्रसंघीय कर्मचारीलाई सुरुमा
बन्धक बनाइएको र लगातार २४ घण्टाको भिडन्तमा
शनिबार बिहान मृतकबारे जानकारी आएको
एजेन्सीमा उल्लेख छ । एएफपीका अनुसार मालीमा
हालै जन्मिएको मकिना लिबरेसन फ्रन्ट नामको
इस्लामिक अतिवादी समूहको यो हमलामा भूमिका
रहेको प्रमाणित भएको छ ।
गैर आवासीय नेपाली संघ, अफ्रिकी क्षेत्रका संयोजक
हिक्मत थापाले मृतक भण्डारीका अमेरिकामा रहेका
आफन्तसँग कुराकानी गरेर यो घटनाबारे आफूले पुष्टी
पाएको जानकारी दिए । ‘मृतकका अमेरिकाबासी
आफन्त श्रीराम सुवेदीले दिएको जानकारीमा
माली मिसनमा आउनुअघि भण्डारी श्री एयरलाइन्स
अन्तर्गत लाइबेरियामा कार्यरत थिए,’ थापाले
फोनमा भने । रसियामा पाइलट–कोर्स गरेका
भण्डारीका बारे थप जानकारी लिन मालिस्थित
राष्ट्रसंघीय मिसन ‘मिनुस्मा’ सँग पत्राचार भइरहेको
थापाले बताए ।
0 comments:
Post a Comment