भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं-नेपाली फिल्म क्षेत्रमा योगदान
पुर्याएका स्रष्टाहरुलाई श्रीकृष्ण श्रेष्ठ
सम्मान र पुरस्कारबाट सम्मानित गरिएको छ।
अभिनेता श्रीकृष्ण श्रेष्ठको पहिलो
वार्षिकोत्सवको अवसरमा आयोजित
कार्यक्रममा सूचना तथा संञ्चारमन्त्री
मिनेन्द्र रिजालले मरणाेप्रान्त निर्देशक शिव
रेग्मीलाई 'श्रीकृष्ण विशिष्ट सम्मान' प्रदान
गरे।
५१ हजार रूपैयाँ सहितकाे सम्मान स्वर्गीय
निर्देशक रेग्मीकी श्रीमती ज्ञानु रेग्मीलाई
प्रदान गरिएको थियो। अभिनेता शिव
श्रेष्ठलाइ १ लाख ११ हजारको श्रीकृष्ण कला
पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा स्वर्गीय अभिनेता श्रेष्ठमाथि
तयार गरिएको 'सम्झनामा श्रीकृष्ण' नामक
डकुमेन्ट्री प्रस्तुत गरियो।
कार्यक्रममा अभिनेत्री श्वेता खड्काले
नेपाली फिल्मलाई निरन्तरता दिने
प्रतिक्रिया दिइन् । 'नेपाली फिल्म क्षेत्रमा
काम गर्न चाहन्छु । शोकले गर्दा बिचमा टुटेको
थियो। त्यसैले उपचार गराउन केही समय
अमेरिकामा थिए,'उनले भनिन्,'केही समय
लागेपनि फिल्मलाई निरन्तरता दिनेछु ।'
गत साउन २४ मा अभिनेता श्रीकृष्ण श्रेष्ठको
निधन भएको थियो । कार्यक्रममा गत माघ १५
मा अभिनेत्री श्वेता खड्काको संरक्षकत्वमा
स्थापना भएको श्रीकृष्ण श्रेष्ठ स्मृति
प्रतिष्ठानको औपचारिक परिचय समेत
गरिएको थियो। अभिनेता श्रेष्ठमाथि
लेखिएको 'अमर नायकको सम्झनामा' नामक
कृति समेत विमोचन गरियो। लेखक श्याम स्मृतले
लेखेको पुस्तकलाई बुक आर्ट नेपालले बजारमा
ल्याएको हो। कार्यक्रमको आयोजना
श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले गरेको
थियो।
'कला क्षेत्रमा लागेका स्रष्टाहरुलाई
प्रोत्साहन र सम्मान गर्न श्रीकृष्ण श्रेष्ठ स्मृति
प्रतिष्ठानको स्थापना गरिएको हो। हाल
हामीले श्रीको मुहार चित्र अंकित हुलाक
टिकट प्रकाशनको लागि पहल गरिरहेका छौं ।
त्यस्तै उनको शालिम निर्माण गर्ने र उनीसंग
सम्बन्धित सामग्री संकलन र प्रकाशन गर्न
लागि परेका छौं । केही विद्यार्थीहरुलाई
छात्रवृत्तिको व्यवस्था गर्ने तयारी भइरहेको
छ,'आयोजकका तर्फबाट प्रेमलाल श्रेष्ठले भने ।

0 comments:
Post a Comment